१४ कार्तिक २०८३, शनिबार

सुतेकै अवस्थामा कुवँरको मलेसियामा मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malaysia-city

इलाम, १७ माघ । ‘वैशाखमा घर आउँछु, नानीलाई राम्ररी पढाउनु’ अहिले फोन राखें है भनेर फोन राखेको एक दिन नबित्दै छोराको मृत्युको खबरले बरबोटे–६ का कुवँर परिवार शोकमा डुबेको छ ।

चार वर्षअघि मलेसिया पुगेका इलाम बरबोटे–६ का ३१ वर्षीय जगत कुवँरको सुतेकै अवस्थामा शनिबार दिउँसो ज्यान गएको हो ।

मलेसियास्थित जेसीवाई कम्पनीमा कार्यरत कुवँरको रातको ड्युटी सकेर सुतिरहेका अवस्थामा ज्यान गएको उनका भाई ठाकुर कुवँरले जानकारी दिनुभयो ।

आगामी वैशाखमा घर फर्कने गरी टिकटसमेत बुकिङ गरिसकेका अवस्थामा दाजुको मृत्युको खबरले परिवारमा शोकमग्न बनेको ठाकुरले बताउनुभयो । जगतका श्रीमती सात वर्षीया एक छोरी छन् । रासस