
गौशाला, १७ माघ । करिब छ महिनापछि आजदेखि महोत्तरी जिल्लाका विभिन्न पेट्रोल पम्पबाट पेट्रोलियम पदार्थ वितरण सुरु भएको छ ।
पाँच महिनाअघिदेखिको अनिश्चितकालीन मधेस बन्दका कारण महोत्तरी जिल्लाको २५ वटै पेट्रोल पम्प बन्द रहेकामा आजदेखि यहाँका पेट्रोल पम्प खुलेका छन् भने सबैले आजदेखि थोरैथोरै पेट्रोल, डिजललगायतका पदार्थ वितरण सुरु गरेका छन् ।
जिल्ला सदरमुकाम जलेश्वरका सात, पिपराका दुई, सरपल्लोका दुई, रामगोपालपुरका दुई, सुगाका एक, सम्सीका एक, गौशालाका दुई, औरही एक, लक्ष्मिनियाँका एक, सहोडवाका एक, मनराका एक, बर्दिबासका चार गरी २५ वटै पेट्रोल पम्पले आजदेखि विस्तारै पेट्रोलियम पदार्थ वितरण सुरु गरेका हुन् ।
लामो समयको बन्दीका कारण जिल्लाका पेट्रोल पम्पमा डिजल, पेट्रोल आउन नसकेका कारण ती पेट्रोल पम्प बन्द रहँदै आएकामा अब सबै पम्पमा केहीमात्रामा पेट्रोलियम पदार्थ आउन थालेको र उनीहरुले आजदेखि प्रतिव्यक्तिलाई ५०० का दरले पेट्रोल र १५ लिटरसम्म डिजेल वितरण गर्न थालेको छ ।
दैनिक हजाराँै लिटर पेट्रोल र डिजेल बेच्ने यी पम्प बन्द भएपछि जिल्लाका लाखौँ जनता पेट्रोलियम पदार्थका लागि विभिन्न भारतीय बजारमा भौँतारिन बाध्य भएका थिए भने आजदेखि आफ्नै जिल्लामा पेट्रोलियम पदार्थ पाउने भएका छन् । रासस















प्रतिक्रिया