काठमाडौँ, १७ माघ । इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल ‘टिम च्याम्पियन’ बनेको छ ।
भारतको महाराष्ट्रमा आज सम्पन्न प्रतियोगितामा नेपालले १८ स्वर्ण, आठ रजत र एक काँस्य जित्दै ‘टिम च्याम्पियन’को उपाधि जितेको हो । उपाधिसँगै नेपालले रु ११ हजार भारतीय नगद पुरस्कार प्राप्त गरेको टोलीका व्यवस्थापक विजय खड्काले जानकारी दिनुभयो ।
पुरुषमा विकास राजबहाक, सन्तोष श्रेष्ठ, अनिश लामिछाने र मिगिन आलेले नेपाललाई दोहोरो स्वर्ण दिलाए भने ध्रुव थापा, अङ्कित गुरुङ, अनिल उपरकोटी र विजय महर्जनले एक–एक स्वर्ण जिते । त्यस्तै, महिलामा वर्षा बुढामगर, शान्ता श्रेष्ठ र विनिता चापागाईंले समान दुई–दुई स्वर्ण हात पारे ।
प्रतियोगितामा नेपालका रामबहादुर लामा, निरज महर्जन र बाडेकुमार राईले निर्णायकको भूमिका निर्वाह गरेका थिए । त्यस्तै, नेपाली टोलीको ‘अफिसियल’मा कमल बस्नेत छन् भने मणिकृष्ण न्यौपानेले प्रशिक्षकको जिम्मेवारी पाएका थिए । रासस















प्रतिक्रिया