१४ कार्तिक २०८३, शनिबार

पेट्रोलियम पदार्थ कालोबजारी गर्ने छ जना एसएसपी सर्वेन्द्रको फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौँ, १७ माघ । पेट्रोलियम पदार्थ कालोबजारी गर्ने छ जनालाई उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले पेट्रोल एक हजार ६५० लिटर, डिजेल एक हजार १३५ लिटर र मट्टितेल ११५ लिटरसहित उनीहरुलाई पक्राउ गरी कालोबजारी ऐनअन्तर्गत आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको छ ।

प्रहरीले तिलगङ्गाबाट एक हजार लिटर पेट्रोल र ७५० लिटर डिजल, १५ लिटर मट्टितेल, बौद्धबाट ५५० लिटर पेट्रोल र १०० लिटर मट्टितेल, गोंगबु नयाँबसपार्कबाट डिजेल ३८५ लिटर, पेट्रोल १०० लिटर गरी सो परिणामको पेट्रोलियम पदार्थ बरामद गरेको हो ।

पक्राउपर्नेमा धादिङ आरुघाटका सुरेश न्यौपाने, काभ्रे बल्देफेदीका कमल तामाङ, नुवाकोट खड्गभन्ज्याङका लालबहादुर श्रेष्ठ, रुपन्देही मधौलियाका जनक महत, इलाम एकतप्पाका चन्द्रबहादुर श्रेष्ठ, बर्दिया गोलाका कमल चौधरी रहेका छन् ।

नेपाल सरकारले तोकेको दररेटभन्दा अत्यधिक बढी मूल्य लिई बिक्री गरी कालोबजारी गर्ने गरेको भन्ने जनगुनासोका आधारमा महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।