
बागलुङ, १७ माघ । श्रीमान विदेश भएको बेला माईतीघर गएर बसेकी एक महिलाले महंगो मुल्य चुकाउनुपरेको छ ।
माईतीघर बसेकी ती महिलाले र जान नमानेपछि श्रीमानको हातबाट कुटाई खानुपरेको छ । त्यतिमात्रै होइन् उनीमाथि खुकुरी प्रहार समेत भएको छ ।
श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी घाइते बनाउने शिसाखानी ९ का १८ वर्षीय मान सिंह थापालाई खर्वाङ प्रहरीले पक्राउ गरेको छ ।
शिसाखानी ५ मा रहेको माइतीमा रहेकी श्रीमती कृष्ण माया थापालाई घाइते बनाई भागेका थापालाई खर्वाङबाटै पक्राउ गरिएको खर्वाङका प्रहरी प्रमुख सही खिमबहादुर खत्रीले जानकारी दिए ।
आइतवार विहान साढे चार वजेतिर भएको घटनामा शक्त घाइते भएकी कृष्णमायालाई प्राथमिक उपचारपछि पाल्पा रिफर गरिएको उपस्वास्थ्य चौकी शिसाखानीले जनाएको छ । कृष्णमायाको टाउको र हातमा गम्भिर चोट लागेको छ । थापाको गत भदौमा विवाह भएको थियो भने मंसिरमा रोजगारीको शिलशिलामा मलेसिया गएका थिए ।
शनिवार सिधै माईतीमा पुगेका मानसिंहले आइतवार विहान श्रीमतीलाई घर जाउँ भन्दा नमानेकाले आवेशमा हतियार प्रयोग गरेको बताएका छन् । प्रहरीले घटना स्थलबाट एक थान घरेलु हँसिया बरामद गरेको छ ।












प्रतिक्रिया