१४ कार्तिक २०८३, शनिबार

काँग्रेसका केन्द्रीय नेता र सांसद गाउँमै पराजित, को-को परे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress Flagतनहुँ, १७ माघ । नेपाली काँग्रेसको जिल्ला राजनीतिमा राम्रै प्रभाव जमाउन सफल केही नेताहरु क्षेत्रीय प्रतिनिधिमै पराजित भएका छन् ।

जिल्ला अधिवशेनमा महत्वपुर्ण भुमिकामा आउन सक्ने नेताहरुलाई गाउँका क्रियाशिल सदस्यहरुले गाउँमै हराईदिएका छन् ।

पुर्व सभासद् उर्मिला थापा घासिकुवाबाट क्षेत्रीय प्रतिनिधिमै पराजित भईन् । त्यस्तै जिल्ला प्रवक्ता हरि वाग्ले शुक्ला गण्डकी नपाको वडा नम्बर २ बाट पराजित भए । उनले आफ्नो र श्रीमतीको गरि जम्मा २ मत पाएको बताईएको छ ।

यस्तै रेडक्रस तनहुँका पुर्व सभापति परशुराम गिरी राम्जाकोटबाट क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् । त्यस्तै काँग्रेस तनहुँका पुर्व जिल्ला सदस्य तथा दमौली एफ एमका पुर्व निर्देशक परमेश्वर भट्टराई पनि केशवटारबाट पराजित भएका छन् । पराजितहरु मध्ये थापा, गिरी र भट्टराई पुर्व सहमहमन्त्री गोविन्दराज जोशी निकट हुन् ।

क्षेत्रीय अधिवशेनमै पराजित भएपछि ति नेताहरुले जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा निर्वाचन लड्न नपाउने भएका छन् । काँग्रेसको क्षेत्रीय अधिवशेन माघ २२ गते र जिल्ला अधिवेशन माघ २५ गते तोकिएको छ ।

काँग्रेसको नगर समिति तर्फ व्यास नगरमा शान्ति रमण वाग्ले सर्वसम्मत भएका छन् भने शुक्लागण्डकीमा माधव भट्टराई, भानुमा श्रीभक्त आचार्य, बन्दिपुरमा कर्णबहादुर खड्का र आवुँखैरेनी नपामा गिरबहादुर थापा निर्वाचित भएका छन् । सबै गाविसहरुमा अधिवशेन सम्पन्न भएपनि निर्वाचन परिणाम जिल्ला कार्यालयमा प्राप्त भई नसकेको निर्वाचन समितिका सदस्य केशव भट्टराईले बताए ।