– नरेश केसी
भैरहवा, १७ माघ । रुपन्देहीका संस्थागत विद्यालयहरुको छाता संस्था सामुहिक बिद्यालय परिवारको आयोजनामा शनिवारदेखी शुरु भएको १४ औं संस्करणको सामुहिक खेलकुद महोत्सव २०७२ भैरहवामा जारी छ ।
भैरहवाको सिद्धार्थ रंगसालाको खेल मैदानमा सोमबार सम्पन्न खेल महोत्सवमा सोमबार जुनियर लेभलको ४ सय मिटर दौड, सब जुनियर तर्फको १ सय मिटरदौंड, सिनीयर तर्फको १ सय मिटर दौंड, जुनियर तर्फको १ सय मिटर दौड, सब जुनियर तर्फको ५० मिटर दौंड, सिनीयर लेभलको २ सय मिटर दौंड, जुनियर तर्फको २ सय मिटर दौडको क्वालीफाई गेम सम्पन्न भएका छन् ।
यसैगरी सोमबार नै सब जुनियर तर्फको तिन खुट्टै दौड, जुनियर तर्फको बोरा दौड(छात्र), स्किीपींग (छात्रा) को पनि क्वालीफाई भएको छ ।
यसअघि शनिबार भएको उदघाटन खेलमा सिनियर खेलाडीको छात्रा तर्फ ८ सय मिटरको दौडमा मिनर्वा बोर्डिङ्ग स्कूलकी अस्मिता थापा प्रथम, क्रिस्टल नलेजकी सुनिता श्रेष्ठ द्धितिया काशी नोबेल एकेडेमीकाी साधना श्रेष्ठ तृतिया भएकी छन । यसै गरि सोही समूहको छात्र तर्फ मिनर्वा बोर्डिङ्ग कै बिष्णु पासी प्रथम, युनिक होम्सका सद्दाम खान द्धितिय र हरितालिका टविंकल बोर्डिङ्ग स्कूलका शशिकान्त कोईरी तृतिय भएको सामुदायिक बिद्यालय परिवारका सचिव प्रेम नारायण पौडेलले बताए ।

शनिबार नै सम्पन्न सिनियर खेलाडीको छात्र तर्फको शटपुट खेलमा आदर्श बिद्या मन्दिरका केशव गुप्ता प्रथम, नेपाल नालान्दाका पिन्टु सहानी द्धितिय र युनिक होम्सका राकेश यादव तृतिय स्थान हासिल गरेका छन भने छात्रा तर्फ न्यू मून एकेडेमीकी दिपा चौधरी प्रथम, मिनर्वा बोर्डिङ्ग की अनु गुरुङ्ग द्धितिय तथा नेपाल नालान्दाकी एलिशा घताने तृतिय भएको सचिव पौडेलले बताए ।
महोत्सवको शनिवार एक भब्य समारोहकाबीच श्रम तथा रोजगार र बाणिज्य मन्त्री दिपक बोहोराले उदघाटन गरेका थिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्रि बोहराले खेलले विद्यार्थिहरुलाई उत्कृष्टता हासिल गर्नमा ठूलो टेवा दिने जनाउदै भने ‘खेलकुदले बिद्यार्थीहरुको शारिरीक, मानसिक बिकास गर्दछ । रुपन्देहीको सामुहिक विद्यालय परिवारले जुन कार्यलाई निरन्तरता दिएको छ त्यो प्रशसंनिय छ ।‘
सामुहिक बिद्यालय परिवारका अध्यक्ष गोकुल पोखरेलको अध्यक्षता सचिव प्रेम नारायण पौडेलको सन्चालनमा सम्पन्न उक्त उद्घाटन सत्रमा जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, पश्चिमान्चल खेलकुद विकास समितीका सदस्य सरिता श्रीस, प्याब्सनका केन्द्रिय सदस्य विष्णु पन्थि लगायतका विशिष्ट व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।
२०५९ सालमा स्थापन भएको सामुहिक बिद्यालय परिवारमा भैरहवा, धकधई, लुम्बिनी, हाटी बनगाई, ठुठिपिपल, कोटिहवा, भलवारी लगायतका स्थानमा सञ्चालित १८ वटा बिद्यालयहरु आवद्ध रहेका छन । खेलमा छात्र छात्राको उत्साह जनक सहभागीता रहेको र खेलले परिवारका सदस्य विद्यालय, प्रीन्सीपल, विद्यार्थि र अविभावकबीच आपसी सम्बन्ध तथा भाइचारा अभिवृद्धिमा टेवा पुगेको परिवारका सहसचिव तथा खेल महोत्सवका संयोजक भरत गिरीले जनाए ।















प्रतिक्रिया