
– नरेश केसी
भैरहवा, माघ १७ । जेसीआई सिद्धार्थ नेपालको ४१ औं पदस्थापना समारोह सम्पन्न भएको छ ।
पदस्थापना समारोहबाट वर्ष २०१६ को लागी लेखनाथ भट्टराई अध्यक्षमा पदस्थापीत भएका छन् । यसैगरी कार्यकारी उपाध्यक्षद्वयमा मनोज भण्डारी र कमल भण्डारी, उपाध्यक्षहरुमा नरेश के.सी, अजय कसौधन, दिपक सापकोटा र प्रदीप पौडेल रहेका छन् ।
यसैगरी निर्देशकहरुमा गौरबजंग कोइराला, विकास नारायण श्रेष्ठ, केशब भण्डारी, कुशल उपाध्यय रहेका छन् । महासचिवमा शार्दुल मयुर कसौधन, कोषाध्यक्षमा आसीम सैजु रहेका छन् ।
सोही अवसरमा अध्यक्ष भट्टाराईद्वारा मनोनित भएका जनसम्पर्क अधिकारीमा रामबहादुर बस्नेत, कोषवृद्धि संयोजकमा गोपाल ज्ञवाली, एनविएन कोर्डिनेटरमा दिपक श्रेष्ठ, प्रकरण निर्देशकमा अर्जुन भट्टाराई, सहसचिवमा मंगल भण्डारी, कार्यक्रम संयोजकमा सुमन शर्मा, व्यवसायीक संयोजकमा अंकित गुप्ता, सचिवमा पंकज उदास, सहकोषाध्यक्षमा सागर पोखरेल, शाखा सम्पादकमा विनय कसौधन, तालिम संयोजकमा राकेश गुरुंग, सदस्यवृद्धि संयोजकमा हरिश सेठीया, अतिरिक्त क्रियाकलाप तथा खेलकुद संयोजकमा कमल जिसी, मानव अधिकार संयोजकमा सन्जय के.सी, रामु गुरुंगले समेत सपथ ग्रहण गरेका थिए ।
पदस्थापना समारोहको पहिलोसत्र वर्ष २०१५ का अध्यक्ष संगम न्यौपानेको अध्यक्षता र दोस्रो सत्र वर्ष २०१६ का अध्यक्ष लेखनाथ भट्टाराईको सभापतित्वमा सम्पन्न भएको हो । देवराज न्यौपानेको सन्चालनमा सम्पन्न उक्त समारोहमा नेपाल राष्ट्रबैंकका गर्भनर डा. चिरन्जीवि नेपाल, नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जगत बहादुर पोखरेल, उपाध्यक्ष विनोद सुवेदी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल, निर्वाचन आयुक्त निधान चन्द्र श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका महामन्त्रि सुदर्शन प्रसाद नेपाल, निवर्तमान अध्यक्ष साजनजंग राणा, संगम न्यौपाने लगायतले मन्तब्य राख्दै जसीआई सिद्धार्थ नेपालले खेलेको भूमीका प्रशंसनीय भएको बताए ।
जेसीआई सिद्धार्थको संस्थापक अवार्ड पछाई सहित ३ जनालाई
जेसीआई सिद्धार्थ नेपालको वर्ष २०१५ को संस्थापक पत्रकारिता अवार्डबाट पत्रकार दिपेश पछाई सम्मानित भएका छन् । पत्रकार पछाई भैरहवाबाट मेचीकाली दैनिक, एविसी टिभी, लुम्बिनी टिभी, रुपन्देही एफ एम लगायतका मिडीयामा सम्वाददाताको रुपमा एकदशकदेखी क्रियासील छन् ।
यसैगरी संस्थापक स्वास्थय क्षेत्रको पुरस्कार डा. प्रविन जोसीलाई प्रदान गरिएको छ । जोसी भर्खरै नेपालमा कलेजो प्रत्यारोपणमा सफल चिकीत्सक हुन् । यसैगरी संस्थापक अध्यक्ष अर्वाड २०१५ बाट विर्तामोड जेसीजका पुर्व अध्यक्ष विनोद बस्नेत सम्मानित भएको छ ।
जेसीआई सिद्धार्थका संस्थापक अध्यक्ष मोहनलाल शेरचनले स्थापना गरेको मोहनलाल शारदा मेमोरियल ट्रस्ट अन्तरगत संस्थापक अर्वाड हस्तान्तण गरिएको जेसीआई सिद्धार्थका निवर्तमान अध्यक्ष साजनजंग राणाले जनाए ।












प्रतिक्रिया