२३ कार्तिक २०८३, सोमबार

मधेसी मोर्चालाई मधेसी गठबन्धनका नेताले दिए यस्तो चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sharat-singh-bhandari

बर्दिवास, १७ माघ । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले राजनीतिक गतिविधि निषेधले लोकतन्त्र कमजोर हुने बताउनुभएको छ ।

महोत्तरीको बर्दिवासमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दैसङ्घीय समावेशी मधेसी गठबन्धनका नेतासमेत रहनुभएका भण्डारीले अहिले नेपाली काँग्रेस आफ्नो पार्टीको तेह्रौँ महाधिवेशनको तयारीमा रहेका बेला सो दलले बेरोकतोक शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न पाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो- अन्य दलको कार्यक्रम रोक्ने, अधिवेशन रोक्ने कार्य लोकतन्त्र विपरित हो, यसलाई मधेसी मोर्चाले तुरुन्त रोक्नुपर्छ ।

अब मधेसवादी दलबीच महागठबन्धन बन्ने कुरामा सकारात्मक बहस सुरु भएकाले चाँडै एकताबद्ध मधेस आन्दोलनको खाका बन्ने भण्डारीको विश्वास छ । रासस