३० आश्विन २०८३, शुक्रबार

विश्वकप क्रिकेटः भारतलाई हराउन नेपालको यस्तो रणनीति, जितेर बदला लिने दाउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

u-19

काठमाडौँ, १७ माघ । करिब १६ वर्षपछि १९ वर्षमुनि (यु–१९) विश्वकपको क्वाटर फाइनलमा पुगेको नेपाली युवा क्रिकेट टोलीले लिग चरणको अन्तिम खेलमा भारतको सामना गर्ने भएको छ ।

बङ्गलादेशको फाल्तुल्हास्थित खान साहेब उस्मान अली रङ्गशालामा नेपाली युवा टोलीले सोमबार विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ । विश्व कपमा सन् २००० मा पहिलो पटक सहभागिता जनाएको नेपालले त्यति बेला क्वाटर फाइनलको यात्रा तय गरेको थियो ।

त्यस्तै प्रतियोगितामा नेपाल र भारत दुवै टोली एक खेल अगावै क्वाटर फाइनलमा प्रवेश गरेका छन् । जारी प्रतियोगितामा दुवै टोलीले अपराजित रहँदै क्वाटर फाइनलको यात्रा तय गरेका हुन् । अब दुवै टोलीले समूह विजेताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

‘समूह डी’मा रहेको नेपाल ४ अङ्कका साथ रनरेटका आधारमा लिगको दोस्रो स्थानमा तथा समान ४ अङ्क नै जोडेको भारत लिगको शीर्ष स्थानमा छन् । जारी प्रतियोगितामा दुई खेल खेलेको नेपालले दुवै खेलमा जित हासिल गरेको छ ।

u-19c

नेपालले पहिलो खेलमा न्युजिल्यान्ड जस्तो बलियो टोलीलाई ३२ रनले पराजित गरेको थियो भने दोस्रो आयरल्यान्डविरुद्धको खेलमा आठ विकेटको जित हासिल ग¥यो । त्यस्तै भारतले पनि पहिलो खेलमा आयरल्यान्डलाई ७९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा न्युजिल्यान्डलाई १२० रनले पराजित गरेको थियो । चार टोली सम्मिलित ‘समूह डी’मा न्युजिल्यान्ड र आयरल्यान्ड प्रतियोगितबाट बाहिरिसकेका छन् । रासस