२३ कार्तिक २०८३, सोमबार

जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, चार घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Janakpur

जनकपुर, १७ माघ । कांग्रेसका सांसदको घर घेर्न हिडेका आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ता र स्थानीय प्रहरीबीच जनकपुरमा झडप भएको छ ।

झडपमा परी मधेसी मोर्चाका चार जना घाइते भएका छन् ।

आइतबार कांग्रेस सांसद लिला कोइरालाको घर घेराउ गर्न खोज्दा जनकपुरको ब्रम्हपुरीमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको धनुषा प्रहरीले जनाएको छ ।

झडपका क्रममा आन्दोलनकारीहरुले प्रहरीमाथि पेट्रोल बम समेत प्रहार गरेका छन् भने प्रहरी अश्रुग्यास हानेको छ । अहिले जनकपुर तनावग्रस्त बनेको छ ।