काठमाडौँ, १७ माघ । राजधानीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सामाखुसी बस्ने बर्दीया नयाँगाउँ–२ घर भएका २८ बर्षीय प्रेम चौधरीको करेन्ट लागेर मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
बुढानिलकण्ठ नगरपालिका–७ पासीकोट गोर्खाली टोल स्थित रमेश बाबु श्रेष्ठको निर्माणधिन घरमा शनिबार मार्वल खसाल्दै गरेको अवस्थामा उनलाई करेन्ट लागेको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया