काठमाडौँ, १७ माघ । ट्याक्सीको सिसा तोडफोड गर्ने असन बस्ने सिन्धुली घर भएका २० बर्षीय नवराज मगर र काभ्रे घर भएका २१ बर्षीय बिजय लामालाई प्रहरीले पक्राउ गरेको छ ।
हातमा खुकुरी बोकी हिडेका उनीहरुले शनिबार राति काठमाडौँ महानगरपालिका–१७ ठैटीमार्गमा रोकी राखेको बा. १ ज ७१९३ नम्बरको ट्याक्सी र बा उ १४ नम्बरको रिक्सालाई तोडफोड गरी रहेको अवस्थामा महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटीएको टोलीले उनीहरुलाई फेला पारेको थियो ।
तोडफोडबाट ट्याक्सीको अगाडी पछाडीको सिसा र दुर्वतर्फको लुकिङ ग्लास फुटे्र क्षति भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया