२३ कार्तिक २०८३, सोमबार

प्रहरी गस्ती टोलीमाथि गोली हान्ने व्यक्ति चाइनिज पेस्तोलसहित पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pestolजुम्ला, १७ माघ । गस्तीमा खटिएको प्रहरी टोली माथि गोली प्रहार गर्ने गज्र्याङ्गकोट–७ बस्ने २९ बर्षीय डिल्लीराज खत्रीलाई प्रहरीले युएसए लेखिएको ५४ टाईप चाईनिज पेस्तोल सहित पक्राउ गरेको छ ।

चन्दननाथ नगरपालिका–१ एयरपोर्टमा प्रहरी हवल्दार मानबहादुर सिंहको कमाण्डमा ७ जनाको टोलीले गस्ती गर्ने क्रममा शनिबार राति बाटोमा हिडिरहेका खत्रीलाई शंका लागी चेक जाँच गर्न खोज्दा अंचल सशस्त्र प्रहरी गुल्म कर्णाली दरबन्दीका प्रहरी जवान दिपक रोकायालाई निजले बायाँ कोखामा गोली प्रहार गर्दा गोली चिल्पिएर रोकाया सामान्य घाइते भएकोले उपचारको लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको छ ।

उक्त घटनास्थलमा ३ वटा गोलीका खोका समेत भेटिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।