
काठमाडौं, १७ माघ । सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता काठमाडौ क्षेत्र नं. ५ को एक भव्य समारोहका बीच उद्घाटन भएको छ ।
बूढानीलक आवासीय माध्यमिक विद्यालय, बूढानीलकण्ठको खेल मैदानमा माननीय सभासद् रामेश्वर फुयाँलले झण्डोत्तोलन गर्नुभई प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका पूर्व राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नारायण सिलवाल, नेकपा एमाले काठमाडौ क्षेत्र नं. ५ का अध्यक्ष हरि अधिकारी, सचिव अनिता लामा, एनेकपा माओवादीका क्षेत्रीय इञ्चार्ज तथा नेपाली कांग्रेसका प्रतिनिधि सहित प्रतियोगितामा सहभागी विद्यालयका प्रिन्सीपलहरुको उपस्थिति थियो ।
राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको मुल्य व्यवस्थापनमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको क्षेत्र नं. ५, काठमाडौका संयोजक देव राज तामाङले कार्यक्रमको अध्यक्षता सहित प्रतियोगी विद्यालयका विद्यार्थीहरूलाई शपथग्रहण गराउनुभएको थियो ।















प्रतिक्रिया