२३ कार्तिक २०८३, सोमबार

युवती बेच्न खोज्ने दुईविरुद्ध मुद्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau chorपथरी (मोरङ), १७ माघ । भारत लगेर युवती बिक्री गर्न खोज्ने दुई जनाविरुद्ध प्रहरीले मानव बेचबिखन विरुद्धको मुद्दा दर्ता गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक गङ्गाप्रसाद पौडेलका अनुसार मोरङको बेलबारी–११ का ३३ वर्षीय वासुदेव राई र सुनसरीको इटहरी–६ का ३१ वर्षीय कैलाश पोख्रेललाई मानव बेचबिखन विरुद्धको मुद्दा चलाइएको हो ।

प्रहरीले शनिबार विराटनगर २० स्थित हुलास मेटल नजिकै रहेको नेपाल–भारत सिमानाको टिकुलिया बस्तीबाट बिक्रीका लागि नेपाली युवतीलाई भारत लैजान खोज्ने दुई जनालाई पक्राउ गरेको थियो । रासस