१ कार्तिक २०८३, आइतबार

‘मुलुक अब आर्थिक समृद्धिको दिशातर्फ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्ने बताउनुभएको छ ।

सहिद रामनाथ दाहाल अध्ययन तथा अनुसन्धान मञ्च वनस्थलीद्वारा आज आयोजित सहिद सप्ताह तथा रामनाथ दाहाल स्मृति एकेडेमीको नवौँ वार्षिकोत्सव समारोहमा उहाँले नयाँ संविधान जारी भएसँगै लोकतान्त्रिक गणतन्त्रको सपना पूरा भएको उल्लेख गर्दै अब संविधानको कार्यान्वयन गरी मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

“नेपाल अहिले नयाँ ठाउँमा आइपुगेको छ, अहिलेसम्म हामी ‘रेड रिभोलुसनमा थियौँ, अब हामी ग्रिन रिभोलुसन (हरित क्रान्ति) को युगमा आइपुगेका छौँ अब आधुनिक र विवेकशील समाज निर्माणार्थ सही ढङ्गले अघि बढ्छौँ,”–प्रधानमन्त्रीले भन्नुभयो ।

उहाँले लामो राजनीतिक सङ्घर्षपछि मुलुक अब आर्थिक समृद्धिको दिशामा अघि बढे पनि सामाजिक सद्भाव भड्काउने गतिविधि बढेकामा चिन्ता व्यक्त गर्दै हिमाल, पहाड र मधेसमा समान रुपले विकासका गतिविधि अगाडि बढाइने दृढता व्यक्त गर्नुभयो । रासस