
काठमाडौँ, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार हुने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक लगायत विषयमा छलफल भयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा खासगरी सत्तारूढ दल एमाओवादीको स्थायी समितिको बैठकले सरकार सञ्चालनबारे प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्षलाई जिम्मा दिएको थियो ।
उहाँहरुबीच मुलुकको समसामयिक विषय मधेस आन्दोलन र नाकाबन्दी बारेमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । रासस












प्रतिक्रिया