३० आश्विन २०८३, शुक्रबार

नेपाल विश्वकप क्रिकेटको क्वाटरफाइनलमा, सोमबार भारतसँग भिडन्त हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Team

काठमाडौं, १६ माघ । बंगलादेशमा जारी यू–१९ विश्वकप क्रिकेटमा नेपाल एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार लगातार दोस्रो जित दर्ता गरेको नेपालले न्यूजिल्यान्डको पराजयसँगै एक खेल अगाडि नै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

नेपालले विहीबारको आफ्नो पहिलो खेलमा न्युजिल्यान्डमाथि ३२ रनको विजयी हात पारेको थियो । दोस्रो खेलमा आज नेपालले आयरल्यान्डलाई ८ विकेटले पराजित गर्यो ।

आजै भएको समूह चरणको अर्को खेलमा भारतले न्युजिल्यान्डलाई १ सय २० रनले पराजित गरेपछि नेपाल क्वाटर फाइनलमा पुगेको हो ।

समूह डीमा रहेको नेपाल समूहचरणको अन्तिम खेलमा सोमबार भारतसँग भिड्दै छ । अब भारतसँग पराजित भएपनि नेपालले सेमिफाइनल खेल्न पाउनेछ ।

तर, नेपाली टोलीका प्रशिक्षक जगत टमटाले भारतलाई पराजित गर्न खेलाडीहरु शारीरिक र मानसिक रुपमा तयारीमा जुटेको बताए । बंगलादेशबाट टेलिफोनमा उनले भने– ‘भारतलाई जसरी पनि पराजित गर्ने हाम्रो लक्ष्य छ र खेलाडीहरुमा त्यो कन्भिडेन्स मैले पाएको छु ।’