१४ कार्तिक २०८३, शनिबार

पूर्वराष्ट्रपति यादव भारततिर लागे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rambaran-Yadav

काठमाडौँ, १५ माघ । पूर्वराष्ट्रपति डा रामवरण यादव भारतको राजस्थानस्थित माउन्ट आबुमा हुने धार्मिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

ब्रह्मकुमारी राजयोग केन्द्रले माउन्ट आबुमा शनिबार आयोजना गर्ने मुख्य गुरु दादिमाको शतवार्षिकी कार्यक्रममा सहभागी हुन उहाँ भारत जानुभएको हो । सो धार्मिक कार्यक्रम सकेपछि दिल्ली बसाइका क्रममा पूर्वराष्ट्रपति डा यादवले भारतीय नेताहरुसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको उहाँका प्रेस सल्लाहकार राजेन्द्र दाहालले राससलाई जानकारी दिनुभयो ।

दशदिने भ्रमणका क्रममा डा यादव माउन्ट आबु, सावरमती, छारकालगायत ऐतिहासिक तथा धार्मिकस्थलको अवलोकन भ्रमण पूरा गरी यही माघ २४ गते काठमाडौँ फर्कनुहुनेछ । रासस