१४ कार्तिक २०८३, शनिबार

बिप्लव माओवादीद्धारा जनपरिषद् गठन, प्रमुखमा गिरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-bikram-chand-biplopपर्वत, १५ माघ । देशैभर जनपरिषद् गठन गरेको बिप्लव नेतृत्वको माओवादीले पर्वतमा पनि आज समान्तार सरकारको रुपमा जन प्रतिनिधी सभा तथा जन परिषद् गठन गरेको छ ।

कमला अधिकारीको अध्यक्षतामा गठन भएको ३ पछि थप गर्ने गरिको २५ सदस्यीय जिल्ला जनप्रतिनिधी सभाको भेलाले पर्वत जिल्ला जनपरिषद् गठन गरेको हो । आज पर्वतको कुश्मा बजारमा सम्पन्न भेलाले धौलागिरी उपब्युरो सदस्य बैकुण्ठ गिरीको नेतृत्वमा १ पछि थप्ने गरि ११ सदस्यीय जिल्ला जनपरिषद् गठन गरेको हो । उक्त परिपद्को उपप्रमुखमा ढक बहादुर क्षेत्री, सदस्यीयहरुमा छलिमाया अधिकारी, राम अधिकारी, टिका नेपाली, धर्म पौडेल, ओम पन्त, डम्बर क्षेत्री, बिष्णु अधिकारी र द्रोण बहादुर क्षेत्री रहेका छन् ।

केन्द्रमा जनसंबिधान, जन प्रतिनिधी सभा तथा जनपरिषद् गठन गर्दै अगाडी आएको माओवादीले पर्वतमा पनि आफ्नो सरकार गठन गरेको छ । जिल्ला जनपरिषद् गठन समारोहमा केन्द्रिय सदस्य तथा धौलागिरी उपब्युरो इन्चार्ज पारशमणी, धौलागिरी उपब्युरोका सदस्य अमरसिंह बाग्लुङ्ग जिल्ला सेक्रेटरी बिकीरण, पर्वत जिल्लाका सेक्रेटरी हिमाल, तथा उद्योग ब्यापार यातायात महासंघका केन्द्रिय सहसंयोजक दलसिंह लगायतको बिषेस उपस्थितीमा उक्त भेला सम्पन्न भएको हो ।

परिपद् गठन प्रश्चात आफ्नो भनाई राख्दै केन्द्रिय सदस्य तथा धौलागिरी उपब्युरो इन्चार्ज पारशमणीले देश निकै संकटको अबस्थामा रहेकोमा नेपालमा गठित सरकार उदासिन भएको र जनतामा आफुहरुले बिकल्पको रुपमा यो परिषद् निर्माण गरेको बताए । उनले माओवादी आन्दोलनमा केहि दलाल प्रबृतीका मानिसहरु रहेको र त्यो पार्टी संघर्षमा होमिन लाग्दा पलायन हुँदै गएको भन्दै कार्यकर्ताहरुलाई दृृढतापुर्बक अगाडी बढ्न निर्देशन दिए ।