१ कार्तिक २०८३, शनिबार

के कलाकार भनेका ‘दलका मादल’ हुन्, को कलाकार कुन पार्टीमा ? (सूचीसहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Saroj-Karishma-Rajesh-Nikhal

– हरि गजुरेल
काठमाडौं, १५ माघ । कलाकार राष्ट्रका गहना हुनुपर्ने हो तर हामी कहाँको कलाकार त दलका ‘मादल’ भए । आवश्यक छञ्जेल ‘घिन्ताङ घिन्ताङ’ बजायो, खरि झरेपछि एउटा कुनामा फालिदियो ।

दोस्रो संविधानसभाको चुनावमा रेखा थापालाई एमाओवादीले आफ्नो उम्मेदारको रुपमा चर्चा गरी अन्त्यमा ‘लोप्पा’ खुवाइदिएकै हो । एमाले पार्टीले भुवन केसीलाई उचालेर उसैगरि हिस्स पारिदिएकै हो । राप्रपा नेपाललाई पैसा तिरेर ‘गाई पार्टीका’ उम्मेदवार बनेका गोपिकृष्ण हलमालिक उद्धव पौडेलले आफ्नो जमानत समेत बचाउन नसकेको पनि देखिएकै हो ।

निर शाह, यूवराज लामा जस्ता अवसरवादी र चैते चरित्रका लागि मात्र हो पार्टी भनेको, दरबारिया माओवादी हुँदै काग्रेस बनेर नेपाल टेलिभिजनको अध्यक्ष बनेर फाइदा लुटेका नीर शाहलाई समेत जाँदाजाँदै मीनेन्द्र रिजालले अपमानजनक ढंगले गलहत्याएकै हुन ।

यो सबै आँखा अगाडि देख्दा देख्दै करिष्मा मानन्धर, अशोक शर्मा, सरोज खनाललाई बाबुराम भट्टराईको कुन केमेष्ट्रीले तान्यो र नयाँ शक्तिमा होमिए होला ? मेलिना मानन्धर र रुपा रानाले झै कुनै पद खानका लागि करिष्मा लगायतका कलाकर्मी बाबुरामको नयाँ शक्तिमा लागेको टिप्पणी गर्नेहरु पनि छन् ।

एक चलचित्र समिक्षक ठट्टा गर्दै भन्छन् ‘जो जो राजनीतिमा होमिएका छन् तिनीहरुको अनुहार हेर्दा चलचित्र क्षेत्रमा ‘डेट एक्स्पायर औषधी’ हुन । यिनीहरु जहाँ गएपनि केही भ्यालु राख्दैन ।’

कुन कलाकार कुन पार्टीको ?
यूवराज लामाकै समकक्षी हुन कृष्ण मल्ल, शम्भुजीत बास्कोटा, राजेन्द्र खड्गी, भुवन केसी । पूर्व राजा ज्ञानेन्द्र कालमा चलचित्र विकास बोर्ड अध्यक्ष भएका मल्ल पछिल्लो समय कांग्रेस निकट मानिन्छन् तर, उनले औपचारिक रुपमा पार्टी प्रवेश गरेका छैनन् । मोहन निरौला, चेतन कार्की, शिब श्रेष्ठ राजावादी हुँदै माओवादी बने । शभ्भुजित जतिको अवसर पाउने कलाकर्मी सायदै होलान । अर्का पुराना निर्देशक लक्ष्मीनाथ शर्मा राजनीतिक रुपमा स्पष्ट छैनन् । यस मामलामा सर्वाधिक चालु मानिन्छन् निर्देशक नारायण पुरी । विद्यार्थी राजनीति गर्दा मसालका कार्यकर्ता मानिने पुरी समयक्रम संगै कागे्रस, राजावादी र माओवादी भईसके । कुनै दिन एमालेमा गए भने आश्चर्य नमाने हुन्छ । कुनै समय पक्का राजवादी मानिने प्रदीप उदयले पनि अहिले कमरेड शैलीमा लालसलाम भन्न थालेका छन् । रुस्लान भोड्काका नाममा एफएम घन्काउने पनि यीनै हुन । राजेश हमालको प्राय पार्टी नेतासंग समदुरीको सम्बन्ध छ भने भुवन केसीले बल्खु दरबार गएर पूर्व प्रधानमन्त्री झलनाथ खनालकै हातवाट पार्टी सदस्यता लिएका थिए ।

पुराना पुस्ताका कलाकारको पार्टी र तिनको नेतासंग नाटकिय नै भएपनि राम्रो सम्बन्ध भएपनि नयाँ पुस्ताका कलाकारहरुले कुनै नेतासंग कुम जोडेर हिंडेको देखिदैन । पछिल्लो पुस्ताका आर्यन सिग्देल, जीबन लुईटेल, सुमन सिंह कांगे्रस समर्थक हुन् तर, उनीहरुले पार्टीका लागि मरिहत्ते गरेको देखिदैन । निखिल उप्रेती एमाले समर्थक मानिन्छन, राज बल्लभ कोईराला कुन पार्टीका हुन् खुलेको छैन । कलाकार संघका पूर्व अध्यक्ष नवल खड्का पनि ज्ञानेन्द्र कालमा राजावादी हुँदै माओवादी बनेका हुन । निर्देशक समाजका पूर्व अध्यक्ष केपी पाठक एमाले हुदै माओवादी प्रवेश गरेका थिए । नरेश पौडेलले अहिलेसम्म कांग्रेस छाडेका छैनन् । रोज राणा नेपाली काग्रेसको महाअधिवेशनमा क्षेत्रीय सभापति लड्दै छन् ।

दिनेश डिसी एमालेमा छन । निर्माता संघका अध्यक्ष राज कुमार राई राजावादी हुँदै काग्रेस बन्न आइपुगेका हुन । समयक्रमसँगै यीनि माओवादी बन्न पुगे भने आश्चर्य नमाने हुन्छ । जीवनभरमा एउटा फिल्म निर्देशन गरेका निलहरी काफ्ले काग्रेस हुँदै गर्दा चलचित्र विकास वोर्डका सदस्य पड्काए, पछि एमाले भए । महेश बस्नेतलाई प्रभावमा पारी सेजको अध्यक्ष बन्न पुगेका छन । उनीजस्तै जीवनमा एउटै मात्र फिल्म निर्देशन गरेका शैलेस अचार्य काग्रेसकै कोटामा विकास बोर्डका अध्यक्ष भए, चाबहिलमा बन्दै गरेको सिनेमा हलको उपकरण ल्याउदा एकलाख घुस खाएको अभियोग लागेको पात्र हुन । फिल्मी करिअर समाप्त भएसँगै राजनीतिक दलको झण्डा समाउदै पार्टी सत्तामा गएपछि कुनै पद पड्काउने चलन नौलो रहेन ।