झापा, १५ माघ । प्रेस चौतारीको आठौं जिल्ला अधिवेशनले मुक्ति पौडेलको नेतृत्वमा २१ सदस्यीय झापा जिल्ला कार्य समिति चयन गरेको छ ।
विहीबार सम्पन्न आठौं जिल्ला अधिवेशनले कार्यसमितिको उपाध्यक्ष, सचिव उपसचिव र कोषाध्यक्षमा क्रमशः मनकुमार गदाल, प्रदिप परियार, युवराज विवश र गंगा बराललाई सर्वसम्मत निर्वाचित गरेको छ ।
अधिवेशनले कार्य समितिको सदस्यहरुमा गोपीचन्द गिरी, अनिलदेव राई निश्चल आचार्य, उमानाथ भण्डारी, शुश्मा नेपाली, मिना विक, प्रणित पुडासैनी, दिपक सुवेदी, लक्ष्मी काफ्ले, भीमा शिवाकोटी, रुपेश अधिकारी, पुस्कर गुरागाई, प्रकाश पौडेल, चेतन विष्ट, यम विमलीलाई चयन गरेको छ । १ जना सदस्य कार्य समितिले पछि मनोनित गर्ने गरी छुट्टयाइएको प्रेस चौतारी मेची इन्चार्ज तीर्थ सिग्देलले जानकारी गराउनु भयो ।
अधिवेशनले ११ सदस्यीय केन्द्रीय प्रतिनिधि निर्वाचित गरेको छ । केन्द्रीय प्रतिनिधिमा माधव विद्रोही, मोहन काजी टीकाराम नेति, कृष्ण कार्की, चेतन अधिकारी, गोपाल काफ्ले, राजु अधिकारी, लक्ष्मी उप्रेती र महिलाको तर्फबाट अम्विका भण्डारी र माया पकुवाललाई सर्वसम्मत चयन गरेको छ ।












प्रतिक्रिया