२३ कार्तिक २०८३, सोमबार

सीके राउतलाई किन स्वागत गरेको भन्दै भारतीय विदेश सचिवलाई कसले गर्‍यो कडा प्रश्न ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India-Vikas-Swarup

काठमाडौं, १५ माघ । ‘स्वतन्त्र मधेश’ अभियान चलाइरहेका पृथकतावादी सीके राउतलाई भारतमा भव्य स्वागत गरिएको छ ।

हालै भारत गएका राउतलाई नरेन्द्र मोदी नेतृत्वको सरकारका विदेश सचिव विकास स्वरुपले स्वागत गरेको समाचार बाहिर आएको छ । राउतलाई स्वागत गरेपछि स्वरुपले कडा प्रश्नको सामना तथा स्पष्टिकरण नै दिनुपरेको छ ।

विहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय पत्रकारले नेपालको नयाँ संविधानको पहिलो संशोधनलाई ‘सकारात्मक’ भनेको भारतले किन पृथकतावादी सीके राउतलाई स्वागत गरेको भन्दै विदेश सचिव स्वरुपलाई प्रश्न तेर्स्याए ।

पत्रकार सम्मेलनमा एक पत्रकारले भारतीय विदेश मन्त्रालयका प्रवक्ता समेत रहेका स्वरुपलाई कडा प्रश्न सोधे- ‘नेपालको संविधानमा गरिएको पहिलो संशोधनलाई स्वागत गर्ने भारतले किन पृथकतावादी सीके राउतलाई स्वागत गरेको ? यसबाट कस्तो परस्परविरोध सन्देश दिन खोजिएको हो ?’

यो प्रश्नले विदेश सचिव पसिना नै निस्कियो । तर, उनले जवाफमा स्वागत गर्दै गलत सन्देश नजाने र दिन नखोजेको स्पष्टिकरण दिए । उनले आफूहरुले संविधान संशोधनको स्वागत गरिसकेको भन्दै सीके राउतलाई स्वागत गर्नु एक प्रक्रियाकै हिस्सा भएको बताए । ‘मधेसका विभिन्न मागहरु छन् र हामी विभिन्न राजनीतिक पार्टीहरुको निरन्तर सम्पर्कमा छौं । हामी कसैको पक्षमा छैनौं । हामी नेपालमा देखिएको राजीतिक गतिरोध चाँडोभन्दा चाँडो अन्त्य होस् भन्ने चाहन्छौं,’ उनले भने ।

समाचार अनुसार नेपालबाट मधेस अलग गर्ने योजनाअनुसार भारतले सीके राउतलाई दिल्ली बोलाएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री ओली पहिला भारत भ्रमणमा आउँछन्

उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पहिला भारत आउने ठोकुवा गरे । चीन जाने हल्ला गलत हो । हामीलाई प्राप्त सूचनाअनुसार ओली पहिला भारत आउनुहुन्छ । उनले भने- ‘प्रधानमन्त्रीका रुपमा चयन हुने बित्तिकै हामीले उहाँलाई भारत भ्रमणको निम्तो दिएका थियौं । उहाँको नेपाल भ्रमणको मिति कुटनीतिक च्यानलबाट तय हुँदैछ । पहिला भारत आउनुहुन्छ ।’