१४ कार्तिक २०८३, शनिबार

‘जेएनयू’मा दमननाथ ढुङ्गानाको नेपालविरुद्ध अभिव्यक्ति ? सिके राउतलाई समर्थन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Damannath Dhunganaकाठमाडौं, १५ माघ । अधिवक्ता एवम् एनजिओकर्मी दमननाथ ढुङ्गानाले भरखरै भारतको भ्रमण गरेका छन् । नयाँदिल्ली भ्रमणका क्रममा उनले भारतीय नेता र उच्च अधिकारी एवम् त्यहाँस्थित केही सीमित मधेसी युवाहरूसँग भेट गरेको स्रोतले जनाएको छ ।

उनले नयाँदिल्लीस्थित जहवारलाल नेहरु विश्व विद्यालय (जेएनयू)को एक कार्यक्रममा पनि सहभागिता जनाएका छन् । कार्यक्रममा नेपालको राजनीतिक व्यवस्थाप्रति चरम असन्तुष्टि पनि दिएको बुझिएको छ ।

तराई मधेस स्टडिज ग्रुपले २६ जनवरीमा आयोजना गरेको अन्तरक्रियामा सहभागी भएका ढुङ्गानाले मधेसी र थारु आन्दोलनकारीले चलाएको आन्दोलनप्रति आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् ।

२६ जनवरीका दिन सो विश्वविद्यालयमा भएको अन्तरक्रियामा उनले दिएका अभिव्यक्ति उदृत गर्दै एक सहभागीले भने, ‘नेपाल सरकारले विशेष गरेर कांग्रेस, एमाले र एमाओवादीको खसवादी चिन्तनले मधेसी जनताले दुःख पाएका छन् । अधिकारका लागि ठूलै संघर्ष गर्नुपर्छ ।

भारतले पनि हस्तक्षेप गर्नुपर्छ । र मधेस आन्दोलनलाई सफल बनाउनु पर्छ ।’ अन्तरक्रियामा ढुङ्गानाले भारतको खुलेर प्रसंशा गरेका थिए ।

पृथकतावादी नेता डा.सिके राउतको अभियानमा घुमाउरो भाषामा समर्थन गरेका ढुङ्गानाले डा.राउतलाई पनि अभिव्यक्ति स्वतन्त्रता रहेको वकालत गरेका थिए ।

यसपघि पनि अधिवक्ता ढुङ्गानाले डा. सिके राउतको अभियान र पक्राउ परेकाहरूको पक्षमा अभिव्यक्ति दिएर विवादमा आइसकेका छन् ।

आजकाल भारततिर घाँटी जोड्न पुगेका अधिवक्ता ढुङ्गानाले विखण्डनकारीहरूलाई सहयोग गर्ने गरेको आरोप छ ।