१ कार्तिक २०८३, शनिबार

राहदानीको बियोगन्त मन छुने गीत सार्वजनिक (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

film rahadani dyahang rai and ashok rijal (1)

काठमाडौं । चलचित्र राहदानीको मलेशियामा छायाँकन गरिएको बियोगान्त गीत ‘जिन्दगीको गोरेटोमा हिड्दा हिड्दै पुगेँ कते…’को भिडियो बिहिबारबाट सार्वजनिक गरिएको छ ।

सामाजिक सञ्जाल यु ट्युव, तथा विभिन्न टेलिभिजन च्यानलबाट यो गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा अभिनेताद्धय दयाहाङ राई र अशोक रिजालको अभिनय गरेको छ । चण्डी श्रेष्ठले लेखेको यो गीतमा जुगल डँगोलको सँगीत र प्रमोद खरेलको स्वर रहेको छ । बिदेशमा रहँदा भोग्नु परेको समस्या र त्यत्तिबेला घर परिवारको सम्झनाले पिरोल्दाको पीडा यो गीतमा देखाईएको छ ।

राहदानी आगामी १२ चैतबाट देशव्यापी रिलिज हुने भएकाले चलचित्रको यो गीत सुरुमा सार्वजनिक गरिएको यसका निर्माता लक्ष्मी प्रसाद ढकालले जानकारी गराए । डब्बु क्षत्रीको लेखन निर्देशन रहेको चलचित्र राहदानीका अन्य कलाकारमा नविन लम्साल, रुपा खनाल, सृजना सुब्बा, बिनिता घिमिरे, विधा कार्की, विकाश जोशी, मोनिका दाहाल, तेन्जिङ शेर्पा, अस्मिता बस्नेत, दिनेश दुलाल, लक्ष्मण बिक्रम बस्नेत, आयुष्मा श्रेष्ठ लगायत छन् ।

जसमा जुगल सहित बसन्त सापकोटा, चेतन सापकोटा, गैरे सुरेशको सँगीत, राजु शाहको नृत्य, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, रामशरण उप्रेतीको छायाँकन रहेको छ । चलचित्र निर्माता नैनु शमशेर जबरा, रियाना पात्रबँश, कृष्णचन्द झा लगायत हुन् ।

भिडियो:

https://www.youtube.com/watch?v=QfBU_Fd-4lc