२३ कार्तिक २०८३, सोमबार

काँगेसको महाधिवेशनपछि सहमतीय सरकार बन्ने विजुक्छेको ठोकुवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayanman-Bijukcheभक्तपुर, १४ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली काँग्रेसको महाधिवेशनपछि सहमतीय सरकार गठन हुने जिकिर गर्नुभएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले सहमतीय सरकारमा मधेसकेन्द्रित दल, एकीकृत नेकपा(माओवादी) र अन्य दलको सहभागिता रहने बताउनुभयो ।

काम गर्नेको मूल्याङ्कन नभएको गुनासो

नेपाली काँग्रेस मध्यपुरथिमि नगर समितिले आयोजना गरेको ‘१२आँै महाधिवेशनपछिको काँग्रेस’ समीक्षा कार्यक्रम आज सम्पन्न भएको छ ।

बाह्रौँ महाधिवेशनपछि काँग्रेसले लिएको प्रतिबद्धता पूरा गर्न सक्यो कि सकेन, काँग्रेसमा के कस्तो कमजोरी रह्यो र आगामी दिनमा काँग्रेस कसरी अगाडि बढ्नुपर्छ भन्नेबारेमा कार्यकर्ता माझ व्यापक छलफल गर्ने उद्देश्यले समीक्षा कार्यक्रम आयोजना गरिएको काँग्रेस मध्यपुर नगर सभापति अष्टकुमार कँवाले जानकारी दिनुभयो ।

कार्यक्रममा गत वैशाख १२ गते र त्यसपछिका भूकम्पले भक्तपुरमा धनजनको क्षति पु¥याउँदा काँग्रेस जिल्ला कार्य समितिले राहत वितरणको कार्यक्रम ल्याउन नसकेको भन्दै सहभागी कार्यकर्ताले जिल्ला नेतृत्वको क्षमतामा प्रश्न उठाएका थिए ।

भूकम्पमा नेपाली काँग्रेस मध्यपुर नगरसमितिले मध्यपुर नगरपालिका, भक्तपुर नगरपालिकासँगै जिल्लाका छ वटै नगरपालिकामा रु ३० लाखभन्दा बढीको खाद्यान्न, लत्ताकपडा, जस्तापाता, त्रिपाल, पाल लगायत राहत सामग्री वितरण गरेर सामाजिक दायित्व पूरा गरेको भन्दै कार्यक्रममा सहभागीले पार्टी सामाजिक कार्यमा पनि अग्रसर हुनुपर्ने आँैल्याएका थिए ।

सो अवसरमा सांसद रामेश्वर ढुङ्गेलले काँग्रेसको महाधिवेशन र जिल्ला अधिवेशन नजिकिँदै गर्दा देशको ठूलो पार्टीका रुपमा रहेको काँग्रेसभित्रको आन्तरिक कलहका कारण कार्यकर्तामा विचलन आएको बताउँदै भक्तपुर काँग्रेसलाई विचलनबाट जोगाउने नेतृत्वको खाँचो औँल्याउनुभयो ।

कार्यक्रममा नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले पार्टी नेतृत्वले केन्द्रदेखि जिल्ला तहसम्म कार्यकर्ताले पु¥याएको योगदानको उचित मूल्याङ्कन नगरेको गुनासो गर्नुभयो । काँग्रेस महासमिति सदस्य सन्तोष भट्टराई, मुरारीप्रसाद आचार्य, हरिदास प्रजापति लगायतले काँग्रेसको गाउँ तहदेखि नगरक्षेत्र र जिल्ला तहसम्म काँग्रेसलाई सही ढङ्गले हाँक्न सक्ने व्यक्तिलाई कार्यकर्ताले नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिनुभयो । रासस