१४ कार्तिक २०८३, शनिबार

प्रदेश नम्बर ७ का मजदुरलाई ट्रेड युनियन महासंघको प्रशिक्षण, तलब बढाउन माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sudoor-Majadur-vela-1

महेन्द्रनगर, १४ माघ । अखिल नेपाल ट्रेड युनियन महासंघले ७ नम्बर प्रदेशका मजदुरलाई प्रशिक्षण दिएको छ ।

विहीबार महासंघको ७ नम्बर प्रदेशले कैलालीको अत्तरीयामा आयोजना गरेको प्रशिक्षणमा सुदूर पश्चिमभरीका मजदुरलाई महासंघका प्रदेश नम्बर ७ संयोजक नरहरीनाथ योगी, एमाओवादीका ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्ट, महासंघका केन्द्रीय अध्यक्ष शालिकराम जमकट्टेल र एनकेपा माओवादी केन्द्रीय सदस्य वीरभान चौधरीले मजदुरको हक अधिकार र कर्तव्यका बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका अतिथिहरुले मजदुरको हक अधिकार सुनिश्चित गर्ने, तलब बृद्धिका पहल गर्ने, सामाजिक सुरक्षा कोष स्थापना गर्ने, मजदुरहरुको १० प्रतिशत उपस्थिती सुनिश्चित गराउने, विमा र सञ्चयकोषको व्यवस्था गराउन पहल गर्ने प्रतिबद्धता जनाए ।

विहीबारै सम्पन्न प्रदेशस्तरीय प्रशिक्षणले विभिन्न निर्णयहरु पनि गरेको छ । जसमा पाँच सय भन्दा बढी मजदुर भएको ठाउँमा इलाका कमिटी गठन गर्ने, बैठकहरु माघ मसान्त सक्ने, सम्पूर्ण जिल्लाका सम्मेलन फागुन २५ भित्र सक्ने र फागुन २९ र ३० गते महासंघको प्रदेश ७ को सम्मेलन अत्तरीयामा महासंघ कैलालीले गर्ने निर्णय भएको केन्द्रीय सदस्य जगदिश सेट्टीले जानकारी दिए ।

कार्यक्रममा महासंघका केन्द्रीय महासचिव गणेश रेग्मी र एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिव तथा प्रदेश ७ का इन्चार्ज कृष्णदत्त जोशी बोक्सर र वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीले आफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रममा सुदूरपश्चिमका ९ वटै जिल्लाबाट महासंघका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्यहरु साथै हजारौंको संखयामा मजदुरहरुको उपस्थिती रहेको अखिल नेपाल ट्रेड युनियन महासंघ कैलालीका अध्यक्ष बम बहादुर कठायतले बताए ।

उनका अनुसार महासंघले प्रदेश नम्बर ७ का मजदुरहरुका समस्या समाधानका लागि सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउने र समाधान नभए चरणबद्ध आन्दोलन गर्ने निर्णय पनि गरेको छ ।

Sudoor-Majadur-vela  Sudoor-Majadur-vela-2 Sudoor-Majadur-vela-3