२३ कार्तिक २०८३, सोमबार

एमाओवादी आफू पनि फस्यो, देशलाई पनि डुबायोः नेता नेपाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Nepal-Dhn

धनगढी, १४ माघ । नेकपा (एमाले) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा राजनीतिक्रान्ति सफल भइसकेकोले अब सामाजिक र आर्थिक विकासमा ध्यान दिएर परिणाममुखी काम गर्नुपर्ने बताउनु भएको छ ।

विहीबार नेकपा (एमाले) कैलालीको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले विकासका सवालमा केन्द्रीत हुनुपर्ने बेला नेपालीहरु जातजाति, प्रदेश र सीमाकंनमा अल्झिनु दुःखद भएको संकेत गर्नुभयो । उहाँले नेपालको विकासमा कानून, कार्यशैली र पुरानो सोच मुख्य वाधक भएको चर्चा पनि गर्नुभयो ।

एमाओवादीले विगतमा आफ्नो संगठन विस्तार गर्न र जनतालाई आकर्षित गर्न जातिय नारा दिएकोले अहिलेसम्म मुलुकले दुःख पाइरहेको चर्चा उहाँले गर्नुभयो । जात र धर्ममा अल्झाएर नेपालमा कम्युनिष्टलाई कमजोर बनाउन षडयन्त्रमा एमाओवादी फसेको आरोप पनि उहाँले लगाउनुभयो ।

खास गरेर आर्थिक, मानविय र सामाजिक विकासमा जोड दिदै विषेश समय लिएका नेता नेपालले नेपालमा दलित र महिलामाथि धेरै विभेद भएकोले एमाले विगतमा झै विभेदका विरुद्ध लाग्नुपर्ने बताउनुभयो ।

उहाँले अहिलेका संघीय राज्य उपयुक्त भएको संकेत गर्दे उहाँले थारु जातिले ५ र ७ नम्बर प्रदेशमा मुख्यमन्त्री, उपमुख्यमन्त्री, सभामुख र राज्यपालमध्ये कुनै एक पद अनिवार्य रुपमा पाउनुपर्ने पक्षमा एमाले लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यकर्ता भेलापछि पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै नेता नेपालले भारतले नाकावन्दी हटाइसकेको तर मधेसी दलका कारण अझै अवरोध कायम रहेको वताउनुभयो । अर्को प्रश्नको जवाफमा उहाँले सरकारले कुरा भन्दा काम वढी गर्नुपर्ने वताउदै चीनसंग वाणिज्य तथा पारवहान लगायतका सन्धी गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

कार्यकर्ता भेला एमाले जिल्ला अध्यक्ष दीर्घ सोडारीको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष केशव वडाल केन्द्रीय सदस्यहरु महेश्वर पाठक, रामकुमार ज्ञवाली, भैरव सिंह, विक्रम शाही पूर्व सांसद पार्वती चौधरी, जिल्ला उपाध्यक्ष रतन थापा, सचिव रणवहादुर चन्द लगायतले वोलेका थिए ।

सो अवसरमा वोल्दै पूर्व सेती अञ्चल सचिव दिनेशचन्द्र सुवेदीले संविधान जारी भएको पाँच महिना नपुग्दै विदेशीको दवावमा संशोधन गरेकोमा आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो हामीले यसरी घुडा टेक्नु हुँदैन थियो पाँच महिनामै संविधान संशोधन गर्नुपर्ने अवस्था आउनु नेताहरुको दूरदृष्टी अभाव हो । नेता सुवदीले नवौं महाधिवेशनपछि धेरै कार्यकर्ताले क्षमता, योग्यता अनुसारको काम नपाएकोमा पनि आक्रोश पोख्नु भएको थियो ।