
– जीवन डाँगी
रोल्पा, १४ माघ । एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले केहि दिनमै नाकाबन्दी हट्ने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार संघ रोल्पाले आज रोल्पाको लिबाङमा गरेको पत्रकार सम्मेलनमा नेता महराले नाका खुलिसकेको र केही दिनमै वीरगञ्ज नाका पनि सूचारु हुने दाबी गर्नुभयो ।
मधेशवादी दलहरुले राखेको माग अनुसार संविधान संशोधन प्रक्रिया सुरु भएकोले अब विस्तारै आन्दोलन र नाकाबन्दीको समस्या हट्ने समेत बताउनुभयो ।
एमाओबादी र नेकपा–क्रान्तिकारी माओबादीबीच एकताबारे पत्रकारहरुको जिज्ञासामा नेता महराले अरु भन्दा बैचारिक र राजनीतिक रुपले अलि नजिक भएको र एकताको प्रयास भैरहेको प्रष्ट पार्नुभयो ।












प्रतिक्रिया