२३ कार्तिक २०८३, सोमबार

कोइराला, देउवा र पौडेललाई सुजाताको चुनौति, सभापतिमा जितेरै देखाउने घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sujata-Koiralaविराटनगर, १४ माघ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले आफूले १३औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीलाई मजबुत बनाउन र युवालाई राजनीतिको मूलधारमा ल्याउन आफू सभापति पदमा उठेको स्पष्ट गर्नुभयो । नेत्री कोइरालाले अहिले कार्यकर्ताले नयाँ पुस्ता र नयाँ अनुहारको नेतृत्व खोजेको छ र त्यही आधारमा आफूले सभापतिमा जितेरै देखाउँछु भन्नुभयो ।

बिपीको जस्तो विचार, गिरिजाबाबुको जस्तो सङ्गठन र गणेशमानसिंहको जस्तो त्याग नेतामा हुनुपर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, “राजनीति विकासका लागि हुनुपर्छ भन्ने मेरो मान्यता हो ।”

संविधानबाट सबैको अधिकार स्थापित भइसकेकाले अब विकास र समृद्धिका लागि सबै राजनीतिक दल एक भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । रासस