१४ कार्तिक २०८३, शनिबार

सप्तरीमा पेस्तोलसहित मुखिया पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pistol-hatiyarसप्तरी, १४ माघ । सप्तरीमा एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन् ।

सखरपुरा–९ बस्ने ३२ बर्षीय दिनेश मुखियालाई प्रहरीले १ थान कटुवा पेस्तोल सहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

इलाका प्रहरी कार्यालय हनुमाननगरबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनलाई बुधबार कोइलाडी–४ जिरि हटियाबाट कटुवा पेस्तोल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।