
नयाँ दिल्ली ४ माघ । भारतको मध्य भागमा पर्ने राज्य छत्तिसगढमा सरकारी प्रहरी र विद्रोही माओवादीबीच भएको दोहोरो गोली हानाहानमा तीन विद्रोहीको मृत्यु भएको समाचार छ ।
प्रान्तीय राजधानी रायपुरदेखि ३६७ किलामिटर दक्षिणमा पर्ने दन्टेवादा जिल्लामा सो गोलीहानाहान भएको जनाइएको छ ।
जङ्गलको पहाडी इलाकामा भएको दोहोरो गोली हानाहानमा तीन विद्रोहीको मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिएको छ ।
जिराम उपत्यकामा विद्रोहीहरुले गरेको एम्बुस आक्रमणमा कम्तीमा ३१ व्यक्तिको मृत्यु भईसकेको बताइएको छ ।
उक्त आक्रमणहरुमा कँग्रेस पार्टीका स्थानीय नेता र अन्य वरिष्ठ नेता हरुमा मारिएका छन् । सो आक्रमणहरुमा अन्य कैयौ व्यक्ति घाइते भएका छन् ।
यी विद्रोहीहरुलाई माओवादी विद्रोहीको नामबाट पनि चिनिन्ने गरिएको छ । रासस/एएफपी















प्रतिक्रिया