
काठमाडौं, १४ माघ । नेपाली सेनाका महारथी एवं प्रधानसेनापति राजेन्द्र क्षेत्रीको पहिलो भ्रमण भारतबाटै हुने भएको छ ।
प्रधानमन्त्रीजस्तै प्रधानसेनापति बनेपछि पहिले भारत भ्रमण गर्ने चलनअनुसार क्षेत्री आगामी माघ १८ गते भारत भ्रमणमा जाने तय भएको छ । उनको भ्रमणलाई बुधबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार मन्त्री शेरधन राईले जानकारी दिए ।
भदौ २५मा प्रधानसेनापति भएपछि क्षेत्रीले माघ १८ देखि २३ सम्म भारतबाट पहिलो पटक विदेश भ्रमण गर्न गर्न लागेका हुन् । नेपाली सेनाका प्रमुख भएपछि नेपालको हालसम्मको परम्परा अनुसार भारतको भ्रमण गर्ने चलन छ ।
क्षेत्रीले भारतमा भारतीय सेनाको मानार्थ महारथी (क्रेडियनसियल) को दर्जाबाट सम्मानित हुने छन् ।












प्रतिक्रिया