काठमाडौं, १४ माघ । १३औँ महाधिवेशन नजिकिएपछि बुथबाट प्रतिनिधि बनेर आउनका लागि कांग्रेसका केन्द्रीय पदाधिकारीदेखि सांसदहरु आआफ्ना जिल्ला पुगेका छन् ।
कांग्रेसका केन्द्रीय नेता र सांसदहरु जिल्ला गएपछि कांग्रेसको केन्द्रीय कार्यालय सानेपा र सिंहदरबारस्थित संसदीय दलको कार्यालय सुनसान हुने गरेका छन् ।
कांग्रेसले भोलि शुक्रबार गाउँ र नगरको महाधिवेशन गर्दैछ । सबै गाउँ र नगरमा महाधिवेशन गर्न केन्द्रले निर्देशन दिएसकेको छ ।
सोही निर्देशनअनुसार गाउँ र नगरबाट भोलि शुक्रबार क्षेत्रीय प्रतिनिधि चुनिने छन् । ती प्रतिनिधिहरुले महाधिवेशन प्रतिनिधि, महासचिव सदस्य र जिल्लामा मतदान गर्न पाउने छन् ।
दुई समूहमा देखिएका कांग्रेसका नेता तथा कार्यकर्ताले गाउँ समितिदेखि नै प्यानल बनाएर आउँदै छन् । अधिकांश जिल्लाहरुमा संस्थापन सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा समूहले आआफ्ना समूह बनाइ उम्मेदवारी दिने तयारी गरेका छन् ।
भागबन्डाको राजनीति अन्त्य गर्ने बताए पनि गाउँ र नगरको अधिवेशन हुनअघि आजसम्म पनि कोइराला र देउवा समूहको मिलाप देखिएको छैन ।
उनीहरुले एकले अर्को समूहलाई सिध्याउने खेलमा लागको आरोप छ । दुबै समूहले आआफ्नो समूहका उम्मेदवार र प्रतिनिधिले जित्ने दाबी गरेका छन् ।
कांग्रेसको केन्द्रीय महाधिवेशन फागुनको २० देखि २३ गतेसम्म काठमाडौंमा तय गरिएको छ ।












प्रतिक्रिया