काठमाडौं, १४ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर खुट्टामा देखिएको समस्याको उपचार गरेर आज स्वदेश फिर्ता हुँदै हुनुहन्छ ।
अध्यक्ष ठाकुर आज राति सवा नौँ बजेको उडानबाट काठमाडौं आउन लाग्नु भएको हो । ठाकुर त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा राति साढे दश बजेसम्म अवतरण गर्ने स्रोतले जनाएको छ ।
खुट्टामा समस्या भएपछि अध्यक्ष ठाकुर दुई साता अगाडि भारतको राजधानी नयाँदिल्ली गएका हुन् । उपचारका क्रममा उल्लेख्य सुधार भएपछि अध्यक्ष ठाकुर काठमाडौं आउन लाग्नु भएको हो ।












प्रतिक्रिया