इलाम, १४ माघ । इलामको मावु–७ स्थित एक जङ्गलमा रूखमा झुन्डिएको अवस्थामा भेटिएको मानव कङ्काल केशरबहादुर गुरुङको भएको पुष्टि भएको छ ।
स्थानीयवासीले घाँस दाउरा गर्न जाँदा बुधबार बिहान रूखमा झुन्डिरहेको अवस्थामा भेटिएको कङ्काल मावु–७ अधेरीटोल घर भई हाल भारतको बाख्रीकोट बस्दै आएका ६५ वर्षीय गुरुङको रहेको उनका दाजु लोकबहादुरले बताउनुभयो ।
केशरबहादुरले लगाएको कपडा र जुत्ताका आधारमा उनको सनाखत भएको हो । खबर पाउनासाथ मावुबाट गएको प्रहरी टोलीले घटनाको स्थलगत मुचुल्का तयार गरी उक्त कङ्काल आफन्तलाई जिम्मा लगाएको छ । रासस












प्रतिक्रिया