१४ कार्तिक २०८३, शनिबार

धादिङमा हाब्रे भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

panda1मलेखु (धादिङ), १३ माघ । उत्तरी धादिङको तिप्लिङ गाविसमा लोपोन्मुख हाब्रे (रेडापान्डा) भेटिएको छ ।

तीन हजार ३०० मिटर उचाइमा रहेको लङ्जो नजिकै म्यान्चेत, चिप्रा, नाचेतलगायतका स्थानमा हाब्रे भेटिएको हो ।

गत असोज महिनामा रेडपान्डाको दिसा जङ्गलमा भेटिएपछि अमेरीकी सहयोग नियोग युएसएआइडीको सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमले अध्ययन गरेको थियो ।

एक महिना लामो अध्ययनबाट हाब्रेको उपस्थिति रहेको पाइएको अनुसन्धानकर्ता सुदीप भण्डारीले जानकारी दिनुभयो । पछिल्लो पटक धादिङमा हाब्रेको उपस्थिति पुष्टि भएपछि नेपालमा रेडपान्डा पाइने जिल्ला २५ पुगेको छ ।

हाब्रेको बसोबास भएको पुष्टि भएपछि गत हप्ता सेर्तुङ र तिप्लिङ गाविसका विभिन्न स्थानमा समुदाय र विद्यालयस्तरमा संरक्षणका लागि चेतनामूलक कार्यक्रम गरिएको थियो । कार्यक्रममा हाब्रेको महत्व, अहिलेको अवस्था, संरक्षण गर्नुपर्ने आवश्यकता, चोरी निकासी गरेमा हुने कानुनी कारबाहीका विषयमा जानकारी गराइएको थियो । रासस