१४ कार्तिक २०८३, शनिबार

कांग्रेसको १३ औं महाधिवेशनः नेतृत्व लिन सुदूरपश्चिमका युवा अग्रसर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Love-Ram– डम्मर बम
काठमाडौं, १३ माघ । नेपाली कांग्रेस गाउँ/नगर अधिवेशन नजिकिदै गर्दा युवाहरु नेतृत्व दिन अग्रसर देखिएका छन् ।

विशेष गरी सुदूपश्चिम क्षेत्रका विभिन्न क्षेत्रमा हाल नेतृत्व लिनका लागि युवाहरु सकसमा लागेका छन् । केन्द्रीय राजनीतिकसँग जोडेर युवाहरु संस्थापन र देउवापक्ष भई दुई खेमा विभाजित भएका छन् । अधिवेशन आफ्नो पक्षमा पार्न यतिवेला क्रियाशिल सदस्यलाई भेट्न केन्द्रस्तरका नेता समेत घर दैलो गरी रहेका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा कार्यकर्ताहरु दुई भागमा बाँडिएका छन् । महासमिति सदस्य तथा सो क्षेत्रमा दोस्रो संविधान सभाका उमेद्वार समेत रहनु भएका कमल शाह र महासमिति सदस्य हिम रावल प्यानल दुई भागमा वाँडिएको देखिएको छ ।

अन्य क्षेत्रमा देउवा र संस्थापक प्यानको गुट उप-गुट देखिए पनि सो क्षेत्रमा भने शाह र रावल गुट देखिएको मतदातहरुले बताएका छन् । दुवै गुटका नेता आफ्ना गाउँ/नगर र क्षेत्रिय सभापतिको नामावली घोषणा र प्रचारप्रसारमा व्यस्त रहेका छन् । सो क्षेत्रमा सात पाँच गाविस र एक नगरपालिका रहेको छ । पाँच गाविस प्रतापपुर, दोदाधरा, सुगरखाल, कोटातेल्सीपुर र नगरपालिकामा लम्कीचुहा नगरपालिका रहेको छ । सो क्षेत्रमा कुल क्रियाशिल सदस्य ६ सय ५९ रहेका छन् ।

महासमिति शाहले आफुले आफु इमान्दार काँग्रेसको कार्यकर्ता भएको र कुनै गुट उप–गुटको न रहेको प्रतिक्रिया दिनु भयो । उहाँले यो या त्यो प्यानल बनाउनु भन्दा पार्टीमा काम गर्न सक्ने र विकासको क्षेत्रमा काम गर्नेलाई क्रियाशिल सदस्यहरुले चुन्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले सबै क्षेत्रमा सर्वसम्मत गराउने पक्षमा आफु रहेको र निर्वाचन गराउने पक्षमा नरहेको दावि गर्नु भयो । उहाँले काँग्रेसको अधिवेशन मात्र नभएर पार्टी विस्तार सुदृढीकरण भएको बताउनु भयो । पार्टीमा हाल अन्य पार्टी परित्याग गरी प्रवेशको लहर चलेको बताउनु भयो ।

त्यस्तै महासमित हिम रावलले चुनावको सम्पुर्ण तयारी हुदै गरेको र निर्वाचन अधिकृतलाई खटी आएको बताउनु भयो । क्षेत्रमा शाह र रावल प्यानल नभई देउवा र संस्थापन प्यानल रहेको जिकिर गर्नु भयो । उहाँले आफुहरु कुनै प्यानल नभई पार्टीको प्रतिनिधी भएको बताउनु भयो । विवादमा नरेको कैलालीमा संस्थापन पक्षले गरेको विवादका कारण थप नयाँ क्रियाशिल सदस्यले सदस्य नपाएको र छनविन समितिले समेत कैलालीका तिन हजार नौ सय क्रियासिल सदस्य रद्द गरेको उहाँले बताउनु भयो । जसले गर्दाउनिहरुको मताधिकार खोसिएको र क्रियासिल सदस्यहरुमा निराशा छाएको महासमिति रावलले बताउनु भयो । उहाँले सम्पुर्ण गाउँ नगरमा नेतृत्वको लागि यूवापुस्तामा होड चलेकाले सबै ठाउँमा निर्वाचन हुने बताउनुभयो ।

खास गरी लम्कीचुहा नगर सभापतिमा दवै प्यानलले यूवा नेतृत्वलाई अगाडी सारेका छन् । शाह प्यानलबाट सभापतिमा रामबहादुर विष्ट र सचिवमा पुकार शाही छन् । भने रावलल प्यानलमा सभापतिमा लव शाही र सचिवमा फिरुलाल चौधरीको नाम सार्वजनीक गरिएको छ । तर सचिव चौधरीकोकेही समस्याका कारण अर्को उमेद्वार उठाईने बताइएको छ । दुर्व तर्फका यूवापंक्तीले आफु सो पदको लागि योग्य समेद्वार रहेकोमा जोड दिएका छन् ।

क्षेत्रिय सभापति देवानन्द जैशीले सम्पुर्ण ठाउँमा यूवापंक्ति अगाडी आएको प्रशंसा गर्दै सबै ठाउमा सवैसम्मत गर्ने पक्षमा आफु रहेको बताउनु भयो । गुटका हिसावमा देउवा संग नजिक मानिएका क्षेत्रिय सभापति जैशी आफु सधै युवाको पक्षमा रहेको दावि गर्नु भयो । उहाँले यूवा पूस्ताको स्वागत गर्दै पार्टी र जनताका लागि काम गर्ने व्यक्ती नै पार्टीको नेतृत्व पंक्तिमा हुने विश्वास व्यक्त गर्नु भयो ।

प्रत्येक पाँच वर्षमा हुने काँग्रेस महाधिवेशनलाई महत्वका साथ हेर्न थालिएको छ । यद्यपी यस पटक काँग्रेसको महाधिवेशन कारणवश ६ महिना ढिलो हुदैछ ।
आगामी माघमा १५ मा गाउँ/नगर, २२ मा क्षेत्र र २५ मा हुने जिल्ला अधिवेशनकाको तालिका सार्वजनीक भएको छ ।

यसैबीच लम्की चुहा नगरपालिका प्रत्यासी सभापतिका उमेद्वारहरुसंग गरिएको कुराकानीः

– लव शाही

love shah१) तपाईको उमेद्वारी किन ?

– धन्यवाद प्रश्नका लागि मेरो उमेद्वारी खासमा नेतृत्व यूवाको हातमा हुनु पर्छ भन्ने नै हो । त्यसैले म सक्षम यूवा भएकोले नगरसभापतिमा उमेद्वारी दिएको हुँ ।

२) तपाईलाई क्रियाशिल सदस्यहरुले किन मत दिने ?

–हेर्नुस यस क्षेत्रमा विगत देखिनै पार्टीको लागि यस क्षेत्रको विकास लागि लागि परेको र अन्य थुप्रै संघ संस्थामा लागि समाजसेवामा तल्लिन भएकोले मलाई यस क्षेत्रका क्रियाशिल सदस्यहरुले मलाई मतदान गर्नु हुनेछ, भन्ने मेरो विश्वास हो । अझ पनि म आफ्नो पार्टीको प्रतिनिधित्व गर्दै अन्य पार्टीहरुको सहकार्यमा यस क्षेत्रमा तमाम काम गर्ने छु । यसमा सबैको विश्वास छ ।

३) तपाईका ऐजेण्डाहरु के –के ?

– मेरो खास मान्नेता जव मान्छे युवा हुन्छ, तव उ सँग सिर्जनशिल शक्ति हुन्छ, उसले समाजमा सकारात्मक काम गर्न सक्दछ । त्यसै यस क्षत्रेको विकास कालागि । मैले अहोरात्र काम गर्दै आएको छु र भावि दिनमा पनि सो कार्यलाई निरन्तता दिनेछु , भन्ने दृढ संकल्पका साथ म लागेको छु । यस क्षेत्रमा क्याम्पको स्थापना होस् या अनय खेलकुदको विकास को कार्य होस या लम्की लगायतका क्षेत्रमा विकास को लागि मैले खेलेको भुमिका एकदमै महत्वपूण छ । यिनै कुरा लिएर अझ पनि म अगाडी जाने छु ।

४) अन्त्यमा भेही भन्नु हुन्छ ?

– अन्तमा नेपाली काँग्रेसको गाउँ/नगर अधिवेशन आउँदै छ । यसमा मलाई योग्य सभापति पदमा योग्य छु भन्ने लाग्छ भने, तपाई मतदान गर्नु हुनेछ । भन्ने विश्वास लिएको छु । मतको आश समेत व्यक्त गर्दछु ।

– रामबहादुर विष्ट

ram bahadur bist

१) तपाई उमेद्वारी ?

– प्रश्नका लागि धन्यवाद संगठन सुदृढीकरण गर्नका लागि, यूवा नेतृत्वका लागि र क्षेत्रमा भएका पार्टी कार्यकर्तालाई एकरुपता गर्नकालगि मेरो उमेद्वारी हो ।

२) जितने अधार के ?

– यो क्षत्रमा मैले विगत देखी नै सबैको भावना अनुसार पार्टीमा र स्थानीय जनतामाकाम गर्दै आएकोले नै मलाई सबै रुचाएका छन् । यही नै जित्ने आधार हो ।

३) एजेण्डाहरु के छन् ?

नम्बर १ पार्टीमा सबैलाई एक ढिक्का वनाएर लैजानु, नम्बर २ यस क्षत्रका जनताको मनोभावना अनुसार काम गर्नु, शिक्षा, स्वास्थ्य लगायतका विकासका पूर्वाधारका क्षेत्रका क्रियाशिल भई काम गर्नु इत्यादी छन् ।

४) अन्त्यमा के भन्नु हुन्छ ?

– म सम्पूर्ण क्रियाशिल सदस्यहरुलाई एक पटक अवसर दिन अनुरोध गर्दछु । जुन पदमा कैले उमेद्वारी दिए त्यो पदका लागि म योग्य उम्द्वार हो भन्ने विश्वास दिलाउन चाहान्छु । सबैलाई भोट दिन समेत आग्रह गर्दछु ।