
सिन्धुपाल्चोक, १३ माघ । विनाशकारी भूकम्पको चपेटामा परेको सिन्धुपाल्चोक जिल्लामा पहिलोपटक अनौठौ घटना भएको छ ।
सिन्धुपाल्चोकको भोताङमा एक महिलाले आफ्नो श्रीमानको रक्सी पिउने बानी छुटाउन ९ दिनसम्म अनसन बसेको घटना सार्वजनिक भएको हो । बुधबार जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले घटना सार्वजनिक गरेको हो ।

सिन्धुपाल्चोकका प्रहरी प्रमुख डीएसपी विश्व अधिकारीले जिल्लाको बस्तुस्थिती अनुगमन गर्ने क्रममा भोताङकी सन्तमाया तामाङले दिनानुदिन मदिरा सेवन गरी घरमा अशान्ति भएकोले श्रीमानको मदिरा सेवन गर्ने बानी छुटाउन बिगत ९ दिनदेखि अन्नपानी छाडी अनसन बसेको सूचना पाएको बताए ।
उनले भने- ‘९ दिनदेखि अनसन बसेको थाहा पाएपछि घटनास्थल पुगेर सन्तमायाका श्रीमानलाई आइन्दा मदिरा सेवन नगर्ने प्रतिबद्धता गराई दुध र जुस खुवाई अनसन तोडायौं ।’
सन्तमायालाई अनसन तोडाउन प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडी पनि भोताङ पुगेका थिए ।
तस्वीरः जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट












प्रतिक्रिया