१४ कार्तिक २०८३, शनिबार

दिल्लीबाट नेपाल आउन लागेका विमानमा बम !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jet Air India

काठमाडौं, १३ माघ । भारतबाट नियमित उडानमा नेपाल आउन लागेका दुई विमानमा बम भएको सूचना आएपछि उडान स्थगित गरिएको छ ।

राजधानी नयाँ दिल्लीबाट काठमाडौं उड्ने तयारीमा रहेका जेट एयरलाइन्स र एयर इन्डियाका विमानमा बम भएको ‘फोन कल’पछि उडान रोकिएको हो । अहिले दुवै जहाजमा बम डिस्पोजल टोलीले बम भए नभएको निरीक्षण गरिरहेको छ । बम राखेको सूचना अज्ञात समूहले दिएको हो ।

जेट एयरलाइन्सको जहाजका ७ चालक दलका सदस्य र १ सय २२ यात्रुलाई प्रतिक्षालय र एयर इन्डियाका २ सय १५ यात्रुलाई ‘टर्मिनियस’ भवनमा राखिएको भारतीय पत्रिका इन्डिया टुडेले समाचारमा उल्लेख गरेको छ ।

यसअघि सोमबार जेट एयरलाइन्सको जहाजमा बम भएको हल्ला चलेर फ्लाइट रोकिएको थियो ।