२३ कार्तिक २०८३, सोमबार

भारतसँग नेपालले सम्बन्ध फेर्नुपर्ने दिन आयोः नेता नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Nepal1

काठमाडौँ, १२ माघ । नेकपा (एमाले)का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल–भारत सम्बन्धलाई औचित्यपूर्ण बनाउनुपर्ने बताउनुभएको छ ।

पेसागत महासङ्घद्वारा नेपाल–भारत सम्बन्धका विषयमा आज आयोजित अन्तरक्रियामा उहाँले दुई देशबीचको मित्रतालाई दिगो कायम राख्न सन्धिसम्झौता सन्तुलनमा हुनुपर्नेमा जोड दिनुभयो ।

पार्टीका विदेश विभाग प्रमुखसमेत रहनुभएका नेता नेपालले मित्रतामा चित्त नबुझे मित्र परिवर्तन गर्न सकिने भएपनि छिमेकी परिवर्तन गर्न नसकिने बताउँदै रोटीबेटीको सम्बन्धलाई मित्रताको हिसाबले हेरिनुपर्ने आवश्यकताअनुसार सम्बन्ध अर्थपूर्ण तरिकाले गठन तथा पुनःगठन हुनुपर्ने बताउनुभयो । रासस