१४ कार्तिक २०८३, शनिबार

लागुऔषध मुद्धाका फरार अभियुक्त ६ वर्षपछि जावलाखेलमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lalitpur-Police

ललितपुर, १२ माघ । लागुऔषध मुद्दामा ललितपुरबाट फरार अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरवाट खटिएको प्रहरी टोलीले सैवु–२ घर भई हाल कार्यविनायक–१ बस्ने २९ वर्षीय सुमन वानियाँलाई मंगलबार जावलाखेलवाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता दयानिधी ज्ञवालीका अनुसार वानियाँ ललितपुर जिल्ला अदालतले १ वर्ष कैद र १० हजार जरिवाना तोकिएका अभियुक्त हुन् ।

खैरो हिरोईनको कारोवार गर्दै गरेको अवस्थामा २०६५ साल चैतमा पक्राउ परेका वानियाँ अदालतकै आदेशानुसार धरौटी रकम बुझाई छुटेका थिए । तर, उनलाई २०६६ माघ १० गतेको फैसलाले लागुऔषध कारोवारीमा दोषी ठहर गरी सजायँ सुनाएको थियो । अदालतको फैसलापछि वानियाँ फरार भएको प्रहरी प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

पक्राउ परेका बानियाँलाई कारागार चलान गरिएको छ ।