३० आश्विन २०८३, शुक्रबार

जिल्ला स्तरीय सुपरलिगः जवहीलाई हराउदै शंकरनगर विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Joint-Cricket (5)

– नरेश केसी
भैरहवा, १२ माघ । भैरहवास्थित सिद्धार्थ रंगसालामा बुम रेमीट्यान्स सुपरलिग क्रिकेट प्रतियोगिता जारी छ । रुपन्देही क्रिकेट सघंको आयोजनामा जारी प्रतियोगिता अन्तरगत मगंलवार सम्पन्न खेलमा शंकंरनगर क्रिकेट क्लव बिजयी भएको छ ।

जवही क्रिकेट क्लव बेलबास, बुटवललाई ५ बिकेटले हराउदै मंगलबारको खेलमा शंकर नगर बिजयी भएको हो ।

टस जितेर ब्याटींग शुरु गरेको जवहीले निर्धारीत ३५ ओभरको खेलमा ३४ दसमलव ४ ओभरमा सवै बिकेट गुमाउदै १ सय ८८ रनमा समेटीएको थियो । प्रति उत्तरमा शंकरनगरले ३३ दसमलव ३ ओभरमा ५ बिकेटको क्षतीमा १ सय ९१ रन बनाउदै लक्ष्य पार गरेको थियो । सकंरनगरकालागी बिष्णु पाण्डेले ४१, मनिस न्यौपानेले र गोकुल चापागाईले ३३/३३ रनको योगदान दिए ।

शकंरनगरका बिष्णु पाण्डे, केयर सिहं भण्डारी र सानु गुरुनले २/२ बिकेट लिएका थिए । जित हासील गर्न नसकेपनि जवहीकालागी बिक्रम थापाले ४५, सरोज पौडेलले ३६ र सगंम क्षेत्रीले २७ रन जोडेका थिए । नितेस थापाले ३ तथा धिर साही र सुनिल कुमारले सकंर नगरको १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफदी म्याच शंकर नगरका बिष्णु पाण्डे घोषीत भएका छन् ।

बुधवार लुम्विनी खुकुरी क्लव बेलहीया र करैया क्रीकेट क्लव करैया बिच प्रतिस्पर्धा हुने रुपन्देही क्रिकेट सघंका अध्यक्ष प्रसान्त बिक्रम मल्लले जानकारी दिए । यसअघी सोमवार बाबा क्रीकेट क्लव बेलहीयालाई २८ रनले पछि पार्दै शिब शक्ति क्रिकेट क्लव भैरहवा सेमीफाईनलमा पुग्ने पहीलो टीम बनेको छ ।

सुपरलिगको फाईनल माघ २६ मा हुने छ । फाईनमा बिजयी हुने टिमले नगद ३० हजार सहीत ट्रफी तथा उपबीजेताले नगद १५ हजार सहीत ट्रफी र उत्कृष्ट खेलाडीले नगद पाचँ हजार पुरस्कार पाउने सघंका अध्यक्ष मल्लले बताए । जिल्ला स्तरीय सुपरलिग रुपन्देही क्रीकेट सघंले २०५३ साल देखी गराउदै आएको छ ।