– झलक पाली
डोटी, १२ माघ । डोटीको एक विद्यालयका एक स्थायी शिक्षक तीन वर्षभन्दा बढी अवधीमा ७४ दिन मात्रै विद्यालयमा हाजिर भएतापनि उनलाई कारवाही हुन सकेको छैन् । जिल्लाको दुर्गम क्षेत्र मानिने गिरीचौका गाविस २ स्थित तेडि प्राथमिक विद्यालयका शिक्षक शंकरराज पाठकलाई कुनै कारवाही भएको छैन् ।
विसं २०६९ मा शिक्षक पाठकले डोटीकै गगुडा गाविसमा रहेको वाल्मीकी प्राथमिक विद्यालयबाट सरुवा भई जिल्ला शिक्षा कार्यालय डोटीको चलानी नं. ३८३ को असोज १७ गतेको रमाना पत्र लिएका थिए । तर विद्यालयका प्रधानाध्यापक रामबहादुर थापाका अनुसार उनी २०६९ पुष १९ गतेमात्रै विद्यालयमा हाजिर भएका थिए ।
शिक्षक पाठकले सरुवाभई तेडी प्रा.वि.माहाजिर भएको मिति २०६९ पुष १९ देखि २९ गतेसम्म, मिति २०६९ माघ ८ गतेदेखि १९ गतेसम्म, मिति २०६९ फाल्गुन ११ गते, मिति २०७० भदौ २० देखि असोज ७गतेसम्म, मिति २०७१ भदौ २९ देखि कार्तिक २७गतेसम्म एक सय ४ दिनमध्ये विद्यालयखुल्ने ७४ दिनमात्रै हाजिर रहेको प्रधानाध्यापकथापाले बताए ।
डोटीकै चवराचौतारा ३ मेलगाउँ घर भएकाशिक्षक पाठकले तेडी प्राथमिक विद्यालयबाट मिति २०७१ कार्तिक २७गते चवराचौतारा ४ खत्याडीमा अवस्थित खत्याडी उच्चमाध्यमिकविद्यालयकालागि सरुवा सहमतीपत्र लगेको भएपनिजिल्लाशिक्षाकार्यालयले उनलाई सरुवानदिएको खुलेको छ । त्यसभन्दायता तेडी प्राविमाऔपचारिक÷अनौपचारिक कुनै सम्पर्कमा नरहेको विद्यालयश्रोतले जनाएको छ ।
यस अवधीमाविद्यालयले मिति २०७१ पुष ३० गते १५ दिने, मिति २०७१ माघ १८ मा ७ दिने र मिति २०७१ माघ २६ गते २४ घण्टे म्याद सहितविद्यालयमाउपस्थितीकालागिपत्राचार गरेतापनि अटेर गरेको बताईएको छ ।
यस विषयमाविद्यालयले जिल्लाशिक्षाकार्यालयमालिखितजानकारी पठाएपछि मिति २०७१ बैशाख १५ गते तत्कालिन निमित्त जिल्ला शिक्षा अधिकारी केशव ज्ञवालीले विद्यालयमाअनुपस्थितहुनुको कारणबारे ३ दिनभित्र स्पष्टिकरण दिन र अन्यथाशिक्षा ऐन २०२८ र शिक्षानियमावली २०५९ बमोजिमकारवाहीहुने व्यहोरा सहितपत्र पठाएको थियो ।
त्यसपछिपनि सम्पर्कमा नआएपछि तत्कालिनजिल्लाशिक्षाअधिकारी गणेश बहादुर सिंहले मिति २०७१ असार १८ गते अन्तिम पटकका लागिभन्दै अख्तियार दुरुपयोग अनुसन्धानआयोगको कार्यालय दिपायललाई समेत बोदार्थ दिंदै ३ दिनभित्रचित्तबुझ्दो स्पष्टिकरणका लागिपत्र पठाएको थियो । तर पाठकले त्यो पत्रबारे पनि टेरपुच्छर मानेनन् ।
लगत्तै तत्कालीनजिशिअ सिंह सरुवाभई गएको र वर्तमानजिल्लाशिक्षाअधिकारी बसन्तकुमार खत्रीले पहिलेका निर्णयहरु लत्याउँदै भूल सुधार गर्ने मौकादिने भन्दै पाठकलाई कारवाही हुनबाट जोगाएको विद्यालयश्रोतको आरोप छ । जिशिअखत्रीले पाठकलाईकुनै औपचारिक निर्णय बिनाविद्यालयमाहाजिर हुनलगाएर मिति २०७१ भदौ २९ देखि कार्तिक २७गतेसम्म ६१ दिनविद्यालयमाहाजिर भएको देखिएको छ । यद्यपीजिल्लाशिक्षाले पाठकको तलबभने रोक्का गरेको छ ।
विद्यालयकाप्रअथापाले दिएको जानकारी अनुसार शिक्षक पाठकले मिति २०७१ कार्तिक २३ गते विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक सिलगढीमा रहेको खाता नं. २२८२ बाट चेक नं. ०८६३०६१ बाट ४० हजार समेत झिकेर लगेका छन् । दशैं तिहारको समय भएकाले व्यवहारिक रुपमातलबनिकासानहुँदै चेक दिएर भूल गरेको प्रअ थापाले सुनाए ।
वि.सं. २०६२ मास्थापनाभएको सो विद्यालयमाक्रमिक रुपमाकक्षाथप्दै कक्षा ५ सम्म पढाई हुनथालेकोमाशिक्षक पाठकले फिर्ता नभएपछि शिक्षकअभावमा शैक्षिकवर्ष २०७२ देखि विद्यालयमाकक्षाझार्दै ३ कक्षासम्ममात्रै पठनपाठन गर्न÷गराउनबाध्यभएको उनले बताए ।
उक्तविद्यालयमा स्थायीशिक्षक पाठक बाहेक अहिले एक राहत दरबन्दीमा र एक निजिश्रोतकाशिक्षकले अध्यापन गराईरहेको प्रअथापाले जनाए ।
यस विषयमाशिक्षक पाठकलाई सम्पर्क गर्न खोज्दाकुनै सम्भावना देखिएन । विद्यालयश्रोतकाअनुसार शिक्षक पाठकले उल्टै आफुले तलबनपाएको भन्दै अख्तियारमाउजुरी गरेको जनाईएको छ ।
उनलाई तलबप्रदानकालागिअख्तियार दुरुपयोग अनुसन्धानआयोग, सम्पर्क कार्यालय कञ्चनपुरको मिति २०७२ मंसिर ४ गतेको च.नं. २००३ रहेको पत्रकाआधारमाशिक्षक पाठकलाई तलबभत्ताभुक्तानी गराउनेबारे निर्देशन आएपछि सोहि बमोजिमगर्न गराउनजिल्लाशिक्षाले विद्यालयलाई निर्देशनात्मकपत्राचार गरेको छ । यस विषयमाविद्यालयले शिक्षक पाठकको विद्यालयमाहाजिरी तथातलब सम्बन्धीविस्तृत विवरण खुलाई जिल्लाशिक्षालाई यहि माघ ७गते पत्राचार गरेको छ ।
यस विषयमाजिल्लाशिक्षाअधिकारी बसन्तकुमार खत्रीले आफु सरुवाभएर कार्यालयमाआउँदा सम्बन्धीत फाँटबाट कुनै जानकारी नभएकाले शिक्षक पाठकलाई कार्यक्षेत्र पठाएको बताए । जिशिअखत्रीले भने–‘शिक्षक पाठक असाधारण बिदामापनि बसेकाहुन सक्छन्, विदाबारे निवेदननदिएको भएपनि पछि आएर पनिविदामिलाउन सक्छन् ।’
आफुले यस विषयमाविद्यालयबाट सबै कागजातमगाएर छानविन गर्न गईरहेको जिशिअखत्रीले बताएका छन् । तीन पटकसम्म पत्राचार गर्ने र चित्तबुझ्दो जवाफमागगरि क्षेत्रीय शिक्षाबाट अनुमतीलिएर कारवाहीप्रक्रिया अगाडी बढाईने उनले बताए । प्रक्रियागत रुपमा समय लाग्ने भएकाले छानविन गरी कारवाहीको दायरामाल्याउन समय लाग्ने पनिजिशिअखत्रीले बताए ।












प्रतिक्रिया