१४ कार्तिक २०८३, शनिबार

राप्ती उपक्षेत्रीय अस्पताललाई प्रतिष्ठान बनाउने दाङका सांसदहरुको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapti Hospitalकाठमाडौं, १२ माघ । दाङ जिल्लाका सांसदहरुले घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पताललाई यसै आर्थिक वर्षभित्र प्रतिष्ठान बनाउन पहल गर्ने निर्णय गरेका छन् ।

राजधानीमा बसेको दाङ जिल्लाका १५ जना सांसदहरुको संयुक्त बैठकले यसै आर्थिक वर्षको बजेटमा घोराहीका राप्ती उपक्षेत्रीय अस्पताललाई प्रतिष्ठानमा लैजाने निर्णय भएको हो । सो अस्पताललाई टिचिङ अस्पताल बनाउने यसअघि निर्णय भइसकेको छ ।

सांसदहरुले अस्पतालाई टिचिङका रुपमा अगाडि बढाउन धेरै समय लाग्नेभन्दै प्रतिष्ठानको रुपमा अगाडि बढ्ने निर्णय गरेको कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद दीपक गिरीले जानकारी दिनुभयो ।

मुलुक संघीयतामा प्रवेश गरिसकेको र ५ नम्बर प्रदेशमा कुनै पनि प्रकारको प्रतिष्ठान नरहेकाले सो कार्यलाई अगाडि बढाउने निर्णय भएको फोरम लोकतान्त्रिकका मुख्य सचेतक योगेन्द्र चौधरीले जानकारी दिनुभयो ।

बैठकमा सांसदहरु दीपक गिरी, पार्वती डिसी चौधरी, सुशीला चौधरी, बुद्धिराम भण्डारी, राजु खनाल, अनिता देवकोटा, डिल्लीबहादुर चौधरी, युवराज ज्ञवाली, अनारकली मियाँ, भागवत विश्वासी, कृष्णबहादुर महरा, रेखा शर्मा, योगेन्द्र चौधरी, गंगा चौधरी र रुक्मिणी चौधरी सहभागी थिए । बैठकमा सबै दलका सांसदहरुको सहभागिता रहेको थियो ।

Dang ka Samsad