२३ कार्तिक २०८३, सोमबार

नाकाबन्दी आन्दोलन पुनर्विचार हुन्छः यादव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahendra yadav

काठमाडौ, १२ माघ । संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मोर्चाको नाकाबन्दीसहितको आन्दोलनमा पुनर्विचार हुने बताएका छन ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने– ‘नाकाबन्दी भएको लामो समय भईसक्यो । यसले जनजीवन कष्टकर भईसक्यौ । आन्दोलन लामो भईसकेकोले अब स्वरुप परिवर्तन गर्नु पर्छ । दुई चार तीन दिनमा बस्ने मोर्चाको बैठकले माघ १८ गते पछिको आन्दोलनको कार्यक्रममा पुनर्विचार गर्ने सम्भावना छ । यसरी आन्दोलन गरेर भएन अब नयाँ ढंगले शसक्त बनाउनु पर्छ ।’

यादवले अबको आन्दोलन तराईमात्रै केन्द्रीत नभई पहाड र हिमालसम्म पुर्याएर राष्ट्रिय एकता कायम गर्ने दावी गर्दै आफूहरुले चलाएको अहिंसात्मक आन्दोलन असफल भए देश अर्को कोर्षमा जाने र त्यो बेला आन्दोलन आफूहरुको हातमा नरहने चेतावनी दिए ।

उनले बाहिर चर्चा भए जस्तो मधेस आन्दोलनको लागि महागठबन्धन निर्माणको योजना नरहेको स्पष्ट पार्दै भने– ‘मधेसमा नौ दलको गठबन्धन छ दैछ त्यसमा अरु दललाई ल्याएर विस्तार गरे हुन्छ । महागठबन्धन निर्माणको आवश्यकता छैन ।’

नेपाल भारत सम्बन्धको चर्चा गर्दै उनले काठमाडौको सत्ता दिल्लीको समर्थनमा टिकिरहन र भारत पनि यहाँको सत्तालाई कज्याईरहन चाहने चरित्रको भएको भन्दै जनतावीचमा त्यसखाले सम्बन्ध भने नभएको तर्क गरे ।

उनले अहिलेको सत्ताले सत्ता टिकाउन अन्धोराष्ट्रबादलाई अगाडि बढाईरहेको भन्दै यसले कसैको पनि हित नगर्ने ठोकुवा गरे ।

तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले संविधान संसोधनकै आधारमा नाकाबन्दी खोल्ने स्थिति नबनेको भन्दै नाकाबन्दी खुल्ने प्रोपागाण्डा मच्चाउनुको तुक नभएको बताए ।

उनले अहिलेको संसोधनले आफूहरुको मागको एउटा विन्दु पनि छुन नसकेको भन्दै आन्दोलनको स्वरुप परिवर्तन गर्नु पर्ने भएपनि अब मधेसी जनताको विचमा राखेर मात्रै अघि बढ्ने स्पष्ट पारे ।

उनले नेपालको हरेक परिवर्तनमा भारतको भूमिका सकारात्मक रहेको भन्दै दुई मुलुकवीचको सम्बन्ध चीर पर्यन्त रहने दावी गरे ।

सद्भावना पार्टीका सह महामन्त्री देबेन्द्र यादवले मधेसी जनताको भावना माथि कुठाराघात गरे एकतर्फी रुपमा ल्याईएको संविधान संसोधनको मधेसले कडा जवाफ दिने चेतावनी दिदै राज्यले दमन गरे पनि आन्दोलनको स्वरुपमा फेरबदल नहुने दावी गरे ।
उनले भने,‘ नाका खुल्ने होईन, झनै कडा हुन्छ ।’

यादवले प्रधानमन्त्री केपी शर्मा ओलीमा राष्ट्रियता र देश प्रतिको जिम्मेवारी रत्तिपनि नभएको दावी गर्दै भने, ‘उनी देशकोलागि काम गर्दै छैनन । उनले कुनै देशको भ्रमण गरेर केही हुँदै देशको भुभाग बेचेर आउँछन ।’

उनले मधेसमा महागठबन्धन बन्ने भन्दै महागठबन्धन निर्माण गरेर तीन दलीय निरकुंशता विरुद्ध एक जुट भएर लड्ने बताए । उनले महागठबन्धन निर्माणको लागि कार्यदिशा समेत तय भईसकेको जानकारी दिए ।

यादवले नेपाल र भारतवीचको सम्बन्ध एक अर्काप्रति आश्रीत भएकोले विश्वमै नमुना भएको भन्दै खुल्ला सीमाना यसको सुन्दरपक्ष भएको बताए ।

उनले नेपालमा भारतको सुरक्षा र पानीको चासो भएको भन्दै गतल नीतिका कारण सम्बन्धमा समस्या उत्पन्न हुने गरेको तर्क गरे ।