१४ कार्तिक २०८३, शनिबार

सिद्धबाबामा फेरि ढुङ्गा खस्यो, एक जनाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sidhhababa-Pahiroतिलोत्तमा (रुपन्देही), १२ माघ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा भिरबाट खसेको ढुङ्गाले लागेर आज एक जनाको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलबाट सामान लिएर तम्घास जाँदै गरेको लु१च ६३९५ नं को जिपमा सवार गुल्मी दिगाम–५ का २७ वर्षीय नारायण खनालको भिरबाट खसेको ढुङ्गाले लागेर ज्यान गएको हो ।

ढुङ्गाले लागेर घाइते बनेका खनालको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको हो । जिपमा सवार अन्य दुई जना भने सकुशल नै रहेका छन् ।

यसअघि जिपमै ढुंगा खस्दा पाँच जनाको मृत्यु भएको थियो । रासस