
काठमाडौं, १२ माघ । तराई मधेस लोकतान्त्रिक पार्टीका मुख्य सचेतक बृजेशकुमार गुप्ताले मुलुक कालोबजारीले चलाएको भन्दै सरकार गम्भीर नबनेकोमा आलोचना गर्नुभएको छ ।
उहाँले सरकारलाई कन्ट्रोल गर्ने संसदले सचेत गराउँदा पनि सरकार गम्भीर नभएको बताउनुभयो ।
संसदको आजको बैठकमा समय लिएर बोल्दै सांसद गुप्ताले सरकारका कारण जनताले विगत पाँच महिनादेखि दुःख पाइरहेको बताउनुभयो । ‘यो सरकारले जनतालाई राहत दिन सकेन’, उहाँले भन्नुभयो, ‘कालोबजारी नियन्त्रण गर्न सरकार र संसद दुबै गम्भीर देखिएनन् ।’
आफूहरू आन्दोलनमा उत्रिएको पाँच महिन भइसक्दा पनि राज्यले कुनै सुनुवाइ नगरेको भन्दै तमलोपा मुख्य सचेतक गुप्ताले भन्नुभयो, ‘संविधान सशोधन गरियो । तर त्यसले मधेसीका माग पूरा गर्न सकेन ।’
उहाँले संविधान संशोधनको पहिलो संशोधनले पीडित जनताको आँखामा ढुङ्गा हानिएको बताउनुभयो । गुप्ताले मधेस आन्दोलनलाई सम्बोधन गरेर जनताको दुःख हटाउनु पर्ने बताउनुभयो ।
यसैबीच, मधेसी मोर्चामा आबद्ध दलका सांसदहरू आजको बैठक पनि बहिष्कार गरेका छन् । उनीहरूले नारावाजी गर्दै बाहिरिएका छन् ।












प्रतिक्रिया