
मुम्बई । बलिउड अभिनेता शाहरुख र सलमान खानले एक मुद्दाबाट छुटकारा पाएका छन् ।
दुबैविरुद्ध परेको उजुरी विशेष अदालत(स्पेशल सीजेएम कोर्ट)ले खारेज गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सोमबार भएको सुनुवाईले उजुरीमा कुनै विशेष आधार नदेखिएपछि खारेज गरेको हो ।
अदालतले स्पष्ट भनेको छ- उजुरीकर्तालाई यो घटनाले मुख्य रूपमा पीडाको अनुभुति हुँदैन् । यदि कुनै पीडित व्यक्ति त्यो मन्दिरको सदस्य थियो भने कारवाही अगाडि बढाउन सकिन्थ्यो तर, त्यस्ता व्यक्तिबाट उजुरी आएको छ ।
जुता लगाएर काली मांको मन्दिरमा गएको भन्दै शाहरुख र सलमानविरुद्ध अखिल भारत हिन्दू महासभाका पदाधिकारी भरत राजपूतले अदालतमा उजुरी दिएका थिए । उनले जुता लगाएर हिन्दुहरुको धार्मिक भावनामा ठेस पुगाएको आरोप लगाएका थिए ।
उसो त सलमान खानले भर्खरै मात्र ११ वर्ष पुरानो हिट एण्ड रन मुद्दामा सफाइ पाएका थिए ।















प्रतिक्रिया